मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा «

मेगा बैंकको नयाँ शाखा दाङको लमहीमा

मेगा बैंक नेपालले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २ सय पुगेको छ ।
यस आर्थिक वर्षमा मात्रै बैंकले १३ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैंकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्