स्थानीय तहलाई १९ लाखको स्वास्थ्य सामग्री प्रदान

जुम्लाका स्थानीयतहलाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको छ । दातृ संस्था प्लान इन्टरनेसनलको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा जुम्लाका स्थानीयतहलाई १९ लाख बढीको स्वास्थ्य सामागी दिइएको हो । जिल्ला विपद व्यवस्थापन समितिमार्फत यहाँका स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीयतह र जिल्लामा सञ्चालित आइसोलेसन केन्द्र र अस्पताललाई प्रशासनमार्फत स्वास्थ्य सामाग्री प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार स्थानीयतह, आइसोलेसन केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरेर १४ प्रकारका स्वास्थ्य सामग्री दिइएको हो । अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर पीपीई लगायतका विभिन्न १४ प्ररकारका गरी करिब १९ लाख १५ हजार ७ सय ७८ रुपैँया बराबरको स्वास्थ्य सामग्री दिइएको हो ।
जसमा पाँच लिटरको अक्सिजन कन्सीन्ट्रेटर ७ पिस, सर्जिकल मास्क ४६ हजार ६ सय १० पिस,५ सय एमएलको हेण्ड स्यानिटाइजर ६ सय ३० बोत्तल,फुल पीपीई सेट ४ सय ३८ पिस,२ सय एमएलको हेण्ड वास लिक्विड २ सय ५५ पिस, सर्जिकल ग्लोभ्स १२ पिस,ग्लोभ्स पेयर १ हजार १ सय,एननाइन्टी फाइभ मास्क २ सय ५० पिसलगायत १४ प्ररकारका कोभिड प्रतिकार्य सामाग्री दिइएको छ
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा,प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसार्इं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा.राजिव शाह,पेस नेपालका अध्यक्ष किशोर न्यौपानेको उपस्थितीमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले आइसोलेसन केन्द्र, कोभिड अस्पताल स्वास्थ्य सामग्रीको सही सदुपयोग गरेर मात्रै कोरोना संक्रमण कम गर्न सकिने बताए ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईंले कोभिड संकटको बेला दाताले गरेको सहयोग अतुलनीय रहेको बताइन । उनका अनुसार कोभिड रोकथामका लागि आगामी दिनमा पनि सधैं सहयोगको अपेक्षा गरिएको छ ।
कर्णाली प््तिष्ठानका अस्पताल निर्देशक डा.राजीव शाहले जुम्लाको कोभिड रोकथाममा दातृ निकायको सहयोगले ठुलो राहत गरेको बताए । संक्रमण अझै अन्त्य नभएकोले सबै सचेत हुनु पर्ने र सरकारी तथा गैरसरकारी निकाय कोभिड केन्द्रित हुनुपर्ने अस्पताल निर्देशक डा. शाहको भनाइ छ ।