नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा «

नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष केशरवहादुर साउदले पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमाले प्रदेश सरकार नरहेपछि उनले सरकारलाई काम गर्न सहज बनाउन आयोगको उपाध्यक्षबाट राजीनामा दिएको जनाएका छन् । उनले शुक्रबार इमेलमार्फत आयोगका अध्यक्ष तथा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन् ।
नेकपा एमालेको योजना विभागमा समेत रहेका उपाध्यक्ष साउँदले एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहजहोस् भनेर राजीनामा दिएको बताए । उनले इमेलमार्फत राजीनामा पत्र बुझाउनुका साथै त्यसको सक्कल प्रति कुरियरबाट पठाएको बताए ।
मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आए पनि सक्कल पत्र आएपछि मात्रै उपाध्यक्ष साउँदको राजीनामाको विषयमा छलफल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्