उच्च शिक्षाका लागि करियर गाईडेन्स् कार्यक्रम «

उच्च शिक्षाका लागि करियर गाईडेन्स् कार्यक्रम

पछिल्लो समयमा शिक्षा पद्धतिमा भइरहेको परिवर्तन, बजारको माग, अध्ययन र अनुसन्धानका नवीनतम् परिवर्तनका बारे जानकारी दिन उच्च शिक्षा करियर गाईडेन्स् कार्यक्रमको आयोजना गरिएको छ ।
अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा सो करियर गाईडेन्स् सेसनको आयोजना गरिएको छ । सो करियर गाईडेन्स् कार्यक्रममा विद्यार्थीहरुले अध्ययन सकिसकेपछिको अवसर, सुहाउँदो विषय र बजारको मागका बारेमा छलफल गरिएको थियो ।
फेब्रुववरी ३ देखि ८ सम्म संचालन हुने करियर गाईडेन्स् सेसनमा विद्यार्थी र अभिभावकले भारतका उच्चस्तरीय विश्वविद्यालयका प्रतिनिधिहरुसंग भेटघाट गर्न सक्ने जनाईएको छ । पछिल्लो समयमा भारतीय विश्वविद्यालयहरूल २१ औ शताब्दीलाई सुहाउदो बजारमुखी र प्राविधिक शिक्षालाई सफलतापुबक सन्चालन गरेको अनट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक संजित कनौजियाले जानकारी दिए ।
कार्यक्रमा एस आरएम युनिभर्सिटीका असोसिएट प्रोफेसर बिनित बजाज, बिएमएल मुन्जाल युनिभर्सिटीका एसोसिएट प्रोफेसर विनायक कल्लुरी, अनसल युनिभर्सिटीका भाइस चान्सिलर डा. राज सिंहले विद्यार्थीहरुलाई सही करियर सुरु गर्नका लागि विधार्थीहरुले धेरै कुराको जानकारी लिनुपर्नेमा जोड दिए । केही समययता ठुलो संख्यामा अध्ययनको लागि भारत विद्यार्थीहरु गइरहेको तर विद्यार्थीहरुले सबैकुरा नबुझिकन अध्ययनका लागि गएको कारण असहज भएकाले यस वर्ष विभिन्न शैक्षिक संस्थामा गई विद्यार्थीलाई सो विषयका बारेमा जानकारी गराउन नेपाल आएको अनसल युनिभर्सिटीका भाइस चान्सिलर डा. राज सिंहले बताए ।
प्लस टु अध्ययन गरिरहेका विद्यार्थीहरुलाई भेटि भारत अध्ययनका बारेमा जानकारी, बजारको माग र विश्वविद्यालयको अध्ययनका बारेमा जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसकी बिजनेस डेभलपमेन्ट डाइरेक्टर गुन्जन चौधरीले जानकारी दिईन ।
त्यसैगरी कार्यक्रमा एस आरएम युनिभर्सिटीका असोसिएट प्रोफेसर बिनित बजाजले पत्रकार सम्मेलन मार्फत आफ्नो विश्वविद्यालय, आफ्नो विश्वविद्यालयले प्रदान गरिने शिक्षा एक्काइसौं शताब्दीको लागि उपयुक्त हुने र २५ भन्दा बढी राष्ट्रका विद्यार्थीहरुले आफ्नो विश्वविद्यालयमा अध्ययन अध्यापन गरिरहेको बताए ।
भारतीय डिग्रीको महत्व र बजारको मागका बारेमा जानकारी गराउन काठमाडौंमा ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसकरियर गाईडेन्स् सेसनको आयोजनामा गरिएको ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसकीबिजनेस डेभलपमेन्ट डाइरेक्टर गुन्जन चौधरीले जानकारी दिए । उनले विभिन्न कलेजमा समेत गएर विश्वविद्यालयका प्रतिनिधीले विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने र नेपाली कलेज संग अनुसन्धान र मानब संसाधन बिकासमा सहकार्य गर्ने योजना समेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्