महिलाको दिमाग पुरुषको भन्दा चार वर्ष जवान «

महिलाको दिमाग पुरुषको भन्दा चार वर्ष जवान

वासिङ्टन-दिमागी शक्तिको मामिलामा पुरुषको तुलनामा महिलालाई बढी फाइदा देखिएको छ । उनीहरूको दिमाग औसतमा पुरुषको तुलनामा ४ वर्ष बढी जवान हुने गरेको अध्ययनले देखाएको छ ।
यसले जीवनको उत्तराद्र्धमा मानसिक रूपमा महिलाको दिमाग पुरुषको तुलनामा तीक्ष्ण हुने र महिलालाई सहयोगी हुने अध्ययनले देखाएको छ ।
२० देखि ८२ वर्ष सम्मका मानिसमा गरिएको दिमाग स्क्यानबाट जैविक रूपमा महिलाको दिमाग पुरुषको तुलनामा ३.८ वर्ष जवान भएको पाइएको छ ।
यो ग्लुकोजको प्रयोगमा आधारित रहेको छ । यो कसरी उर्जामा परिणत हुनका लागि जल्छ भन्ने विषयमा पनि आधारित भएको बताइएको छ । यसले दिमागको भूमिकामा कसरी अर पार्छ भन्ने देखाएको डेली मेलले जनाएको छ ।
महिलाको तुलनामा पुरुषको दिमाग तीव्र दरमा खुम्चने पहिले नै थाहा भइसकेको थियो, तर नयाँ नतिजाले दिमागको मेटाबोलिजम पनि फरक भएको पाइएको छ ।
यसले बूढा पुरुषको स्मरण र भाषाको सीपमा पनि महिलाको तुलनामा ठूलो गिरावट आउन सक्ने देखाएको छ । महिलाको जवान दिमागले उनीहरूलाई लामो समयसम्म बिर्सने बानीबाट रोक्नकमा लागि सहयोग गर्न सक्छ ।
अध्ययनको नेतृत्व गरेका सेन्ट लुइसस्थित वासिङट्न युनिभर्सिटी स्कुल अफ मेडिसिनका डा. मानु गोयलले भनेका छन्, “हामीले भर्खरै मात्र यौनसँग सम्बन्धित तत्वहरूले दिमागको उमेरलाई असर गर्छ र यसले न्युरो सम्बन्धी रोगले दिमागलाई असर पार्छ भन्ने बारेमा बुझ्न सुरु गरेका छौं ।”

प्रतिक्रिया दिनुहोस्