कांग्रेस म्याग्दीको पाँच गाउँपालिकामा नेतृत्व चयन «

कांग्रेस म्याग्दीको पाँच गाउँपालिकामा नेतृत्व चयन

नेपाली कांग्रेसको १४आंै महाधिवेशनअन्तर्गत म्याग्दीमा पनि पालिकाको नेतृत्वमा युवाहरु रहेका छन् । एक नगरपालिका पाचँ गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकामा नेतृत्व चयन भएको छ । बेनी नगरपालिकामा दुई प्यानविच आइतबार मतदान भएको छ । काँग्रेस धौलागिरि गाउँपालिकाको सभापतिमा युवा नेता प्रेमप्रसाद पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।
रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत रहेका मनकुमार शेरपुञ्जा कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा सर्वसम्मत भएका छन् । कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित भएका छन । पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो ।
नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्रीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । एक मतको अन्तरले नेपाली कांग्रेस अन्नपुणर््ा गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी भएका छन् । वडानम्वर ५ शिखका निवासी तिलिजाले ५८ मत लिएर सभापतिमा विजयी भएका हुन् ।
सभापति विजयी तिलिजाले प्रतिस्पर्धी कृष्ण बरुवाल एक मतले पराजित भएका हुन्। मतदान अधिकृत केदार कार्कीले क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गरेका थिए भने सभापतिका प्रतिस्पर्धी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ मत प्राप्त गरेका थिए ।
बेनी नगरपालिकाको नेतृत्वका लागि युवा नेता विक्रम बोगटी र रवीन्द्र (रवि) कार्कीको उम्मेदवारी दर्तासँगै आइतबार मतदान भएको छ । नगरपालिकको अधिवेशनमा नेपाली कांग्रेस म्याग्दी सभापति खमबीर गर्वुजाको पक्षबाट कार्की र निर्वतमान सभापति रेशम बानियाँको प्यानलबाट बोगटी विच प्रतिस्पर्धा गरेका छन् । १७० क्षेत्रीय प्रतिनिधि रहेको नगरको आइतबार साझँसम्म मत परिमाण आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्