दसैं तिहाल लक्षित यामाहाको एक्चेञ्ज मेला «

दसैं तिहाल लक्षित यामाहाको एक्चेञ्ज मेला

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारीक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित गरेर बइक एक्सेञ्ज योजना ल्याएको छ । यही असोज ८ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वृहत्तर यामाहा महा एक्सेञ्ज मेला सञ्चालन भइरहेको छ । कुनै पनि ब्राण्डका पुराना बाइक तथा स्कुटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेको भन्दा १० हजार रुपैयाँ बढी मुल्यांकन गरिने कम्पनीले जनाएको छ ।
साथै हरेक दिन टेस्ट राइड गर्नेमध्येबाट एक जनालाई सुन उपहारको व्यवस्था गरिएको छ भनने शुन्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि मेलाको प्रमुख आकर्षण रहेको कम्पनीले जनाएको छ ।
यामाहा प्रेमी ग्राहकलाई प्रदान गरिने उपहार सुविधाका अलावा मेलामा नेपाली बजारमा लोकप्रिय रहेको एफजेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने बताइएको छ ।
उपभोक्ताका लागि दसैं तिहारको अवसर पारेर स्क्य्राच गर्दा एक् लाख रुपैयाँसम्म नगद उपहार पर्ने, तथा हरेक हप्ता लक्की ड्रमा ४ तोला सुनको एक्का र बम्परमा १२ तोला सुनको एक्का उपहार पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्