वार्षिकोत्सवमा माछापुच्छ्रे बैंकको क्यास ब्याक अफर «

वार्षिकोत्सवमा माछापुच्छ्रे बैंकको क्यास ब्याक अफर

माछापुच्छ्रे बैंकले २१औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहार योजना ल्याएको छ ।
यो अफर यही असोज ८ देखि १७ गतेसम्मका लागि लागू हुने बताइएको छ । जसअन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१ सयसम्मको क्यास ब्याक पाउन सक्नेछन् ।
क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नेछन् । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायतका उपहारहरु रहेका छन् । यसबाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ ।
वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जिभसाथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । क्राटोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरु र डराजबाट खरिद गर्दा ४ सय १० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।
डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैकिङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सकिन्छ । माछापुच्छ्रे बैंक यही असोज १७ गते २२ औं वर्षमा प्रवेश गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्