कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने «

कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने

कामना सेवा विकास बैंकले लाभांश घोषणाा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्