कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा «

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा

कामना सेवा विकास बैंकले के.एस.डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा कामनाले डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हो । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजातहरु अपलोड गरी केएस डिजी वालेट खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्