प्लास्टिक झोला प्रतिबन्धको विरुद्धमा उद्योगी «

प्लास्टिक झोला प्रतिबन्धको विरुद्धमा उद्योगी

सरकारले ४० माइक्रोनभन्दा पातालो प्लास्टिकको झोला प्रतिबन्ध कार्यन्वनमा कडाइ गर्ने तयारी गरिरहँदा प्लास्टिक झोला उत्पादक उद्योगीहरु भने विरोधमा उत्रिएका छन् । प्लास्टिक झोला उद्योगमा भएको करिब १० अर्ब लगानीको जोखिम रहेको भन्दै उनीहरुले कानुनी उपभारको बाटो खोज्ने बताएका छन् ।
सरकारको निर्णयले उद्योगीहरुलाई मर्का परेको र लाखौं श्रमिकको रोजगारी खोसिन लागेको भन्दै उनीहरुले विरोध गरेको हुन् । सरकारले प्लास्टिक उद्योगीहरुलाई उचित विकल्पको व्यवस्था नगरी प्लास्टिकको झोला बिक्रि वितरणमा प्रतिबन्ध लगाएको र सरकारी निर्णय कार्यन्वयन नहुने उनीहरुको भनाइ छ ।
नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माले प्लास्टिक उद्योगमा गरिएको १० अर्ब लगानी जोखिममा रहेको भन्दै कानुनी उपचारको विकल्पमा जाने बताए ।
गत साउन २७ गते सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पातलो प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन ६ बुँदे अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्