चामल नपाएपछि आँसु झार्दै घर फर्किन बालिका जुनकला बुढा «

चामल नपाएपछि आँसु झार्दै घर फर्किन बालिका जुनकला बुढा


बाजुरामा करिब ३ महिनादेखि खाद्यान्न अभाव भएको छ । वर्षातका कारण गत असारदेखि अवरुद्ध बनेको साँफे मार्तडी र कोल्टी मार्तडी सडक खण्ड सुचारु नभएपछि बाजुरामा खाद्यान्नको चरम समस्या भएको हो । वर्षातले क्षतबिच्छेद वनेका सडकखण्ड सुचारु ग्र्न राज्य निकायले ध्यान नदिएकाले खाद्यान्न ढुवानीमा समस्या उत्पन्न भए पछि अहिले खाद्यान्न समस्या भएको जनाइएको छ ।
गत असारको अविरल वर्षाका कारण भत्केका सडक खण्डमा पाँच महिना बितिसक्दा पनि पहिरो पन्छाउने काम नहुँदा अहिले बाजुरामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको समस्या भएको स्थानियले बताएका छन् । सडक खण्डको ठाउँ–ठाउँमा गएको पहिरोले सडक अवरुद्ध बनेका छन्, बाटो सहज नहुँदा ढुवानीमा समस्या भएकाले काजुरामा खाद्यान्न अभाव भएको व्यापारी अग्निराज शाहीले बताएका छन् । उनले भने, ‘सडकको आसै नहुँदा आफूले महँगो भाडा तिरेर हवाईमार्फत सामान ल्याउने गरेको बताए । ब्यापारीले अहिले हवाईमार्फत प्रतिकेजी ८०, ९० रुपैयाँ तिरेर सामान ढुवानी गर्ने गरेका छन् ।’
खाद्यान्न नहुँदा अहिले बाजुराका तीनवटा गोदाम रित्तिएका छन । जिल्ला सदरमुकमा मार्तडीमा रहेको गोदाम, खाद्य ब्यवस्था तथा ब्यापर कम्पनी लिमिटेड शाखा कार्यालय कोल्टी र हिमाली गाउँपालिकाको अस्थायी डिपो कार्यालय कवाडीले चामल नहुँदा बिक्री वितरण बन्द गरेको छ । कार्यालयले एक महिना अगाडि चामल अपुग भएको भन्दै सूचना निकालेर बिक्री वितरण बन्द गरेको छ ।
चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा प्गकि हिमाली गाउँपालिका–२ बिच्छँयाकी जुनकला बुढाले एकदाना पनि चामल नपाएपछि रित्तोहात घर फर्किएको गुनासो सुनाइन् । ५ जनाको परिवार रहेको जुनकलाका बुवा बिरामी छन्, भने आमा अशक्त छिन् । चामल नपाएपछि कवाडी बजारमा रुदै भनिन्, आमा र बुवा आउन सक्नुभएन, म आए, तर चामल नपाएर रितो हात घर जानु परेको बताइन् । चामल किन्ने पैसा पनि गाउँमा मासिक सयकडा ५ रुपैयाँ साहूबाट रिन मागेर ल्याएको थियो । तर, चामल नपाएको दुखोसो पोखिन् । कोल्टी पुग्न अझै एकदिन लाग्छ, केटी मान्छे बास बस्नुपर्छ आफू जान नसक्ने बताइन् ।
जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किन् । धर्माले श्रीमान् ज्यालादारी काम गर्न गएका छन्, आफू चामल किन्न आए तर नपाएपछि रित्तो हात घर जानु परेको बताइन् । अध्यारो मुख लगाउँदै कवाडी बजारमा भनिन्, हाम्रो लागि सरकारले पनि कस्तो बेवास्ता गरेको पैशा छ, तर चामल किन्न नपाएको बताइन् । छोरा छोरीलाई त पु¥याउन सक्दैनौ, आफूहरू भने कुनै दिन भोकै बस्नु परेको जुनकलाले बताइन् । अब चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले बताइन् ।
समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाउँपालिकामा खाद्य सकंट भएको छ । हिमाली गाँउपालिकाको कवाडी डिपोमा ठेकेदारले ठेक्का असोजमा सम्झौता गरेको भएपनि अहिलेसम्म चामल ढुवानी नगर्दा चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–५ का अध्यक्ष अम्मलाल कार्कीले बताएका छन् । बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो, यो गाँउपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट शाखा कार्यालय कोल्टीका प्रमुख नवीन आचार्यले करिब तीन महिनादेखि खाद्यान्न अभाव भएको बताए । डिपोमा प्रयाप्त चामल नह्दा स्थानीयलाई पहिले पहिले १० केजीसम्म वितरण गर्ने गरेको बताउँदै उनले अहिले त त्यही पनि नहुँदा बिक्री वितरण बन्द भएको बताए । डिपो कार्यालयमा अहिले ४५ क्विन्टल मात्र मौज्दा रहेकाले त्यो भइपरी आउने अत्यावश्यक कामका लागि मात्रै बिक्री वितरण गरिने बताए । गत वर्षको ढ्वानी हुन बाँकी रहेको चामल बाटो बन्द हुँदाबीच बाटोमै थन्किएको र यो वर्षको चामल ढ्वानीका लागि पनि ठेक्का स्वीकृत भइसकेको उनको भनाइ छ ।
कोल्टीमा खानेपानी व्यवस्थापन नहँुदा स्थानीयलाई निकै सास्ती भएको छ भने डिपोमा चामल नहुँदा स्थानीय महँगो मूल्य तिरेर बजारको चामल खान बाध्य भएका छन् । वर्षातको समयमा करिब तीन महिनादेखि सडक बन्द हुँदा ढुवानीमा समस्या भएकाले बजारमा अत्यावसकिय वस्तुको पनि हाहाकार भएको छ । बजारमा दैनिक उपभोग्य वस्तु समयमा आपूर्ति नहुँदा एकातिर उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन भने अर्कातिर सामान ढ्वानी नहुँदा बजारमा दैनिक उपभोग्य वस्तुको आभव हुन थालेको छ ।
आर्थिक वर्ष ०७७।७८ मा मार्तडी शाखाका लागि ९ हजार १ सय ४ क्वीन्टल, कोल्टी शाखाका लागि ८ हजार क्वीन्टल चामल थियो । त्यस्तै कवाडी डिपोका लागि २२ सय क्वीन्टल चामलको कोटा थियो । गत आर्थिक वर्षको सबै चामल बिक्री गरेर सकेपछि संस्थानमा ताला लगाएर बिक्री बन्द गरेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखा प्रमुख मेखराज ओझाले वताए ।
यो आर्थिक वर्षमा मार्तडीका लागि ६ हजार, कोल्टिका लागि ७ हजार र कवाडी डिपोका लागि ३ हजार क्वीन्टल स्वीकृत भएको छ । तर ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए । ओझाले भने दसंैमा पनि चामल आउने सम्भावना नरहेको बताए ।

जीवन कैला

प्रतिक्रिया दिनुहोस्