युनियन लाइफ इन्स्योरेन्सको शाखा अब दाङमा

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा दाङमा पनि विस्तार गरिने भएको छ । कम्पनीका दाङ जिल्ला वरिष्ठ सहायक बिष्णुकुमार देवकोटाले यो जानकारी दिएका हुन् । कम्पनीले एक साता भित्र बाट दाङ जिल्लामा आफ्नो सेवा बिस्तारगर्ने लक्ष्य लिएको देवकोटाले बताए । कम्पनी ऐन अनुसार २०७४-०२-०८ गते बिधिबत दर्ता भएको कम्पनीले लिमिटेड इन्डोमेन्ट प्लान, एन्डोमेन्ट एसोरेन्स कम होल लाइफ पोलिसि, इन्डोमेन्ड एसोरेन्स पोलिसि, एक बर्षे नविकरणीय ग्रुप टर्म एसुरेन्स पोलिसि, चाइल्ड इन्डोमेन्ट प्लान, मनि व्याक कम होल लाइफ एस्युरेन्स प्लान सहित जनसेवामा समर्पित रहेको कम्पिनिले जनाएको छ । ‘जीवन अमूल्य छ, सुरक्षित गर्नुहोस्’ भन्ने मूल नाराका साथ जनताको अधिकम सुरक्षित भविस्यका लागि कम्पिनि समर्पित रहेको देवकोटाले बताए । दाङमा स्थापित हुने शाखाले राप्तीका रुकुम, रोल्पा, सल्यान, प्युवठान र दाङमा सेवा प्रवाह गर्ने छ । अधिकतम जनतामाझ पुगुर उनीहरूका भविस्य सुरक्षित गर्नु कम्पनीको मूल लक्ष्य रहेको कम्पनीले जनाएको छ ।