नेकपा (एस) छिटै सरकारमा जान्छ : नेपाल «

नेकपा (एस) छिटै सरकारमा जान्छ : नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन् ।
शनिवार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत) छिट्टै सरकारमा सहभागी हुने बताएका हुन् । उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशिल हुने बताए ।
अध्यक्ष नेपालले गठबन्धनका विचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए । उनले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको बताए । आफूहरुले पार्टीलाई पहिलो बनाउन चाहेको पनि उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्