बैंकहरूको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्दो «

बैंकहरूको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्दो

धेरैजसो वाणिज्य बैंकले ०७४-७५ को आआफ्नो वार्षिक प्रतिवेदन वासलात प्रकाशित गरिसकेका छन् । अधिकांश वाणिज्य बैंकको आम्दानी भने बढेको देखिन्छ । तर, आम्दानी बढे पनि प्रतिसेयर आम्दानी घटेको देखिन्छ । यस कारणले अधिकांश बैंकको लाभांश गत वर्षको भन्दा कम छ । बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धिको असर लाभांशमा परेको छ, जसका कारण लगानीकर्ताहरूले आफ्नो लगानीअनुसारको प्रतिफल पाउन सकेका छैनन् । त्यसो त सार्वजनिक गरेका सबैजसो बैंकको नाफा वृद्धि भएको देखिन्छ । सबैजसो बैंकले गत वर्षभन्दा यस वर्ष नाफा वृद्धि गरेको देखिन्छ, तर पनि बैंकहरूले पुँजी वृद्धिको अनुपातमा नाफा आम्दानी बढाउनमा भने असफल भए ।
पुँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसकेका कारणले बैंकहरूको नाफा बढे पनि प्रति सेयर आम्दानी घटेको हो भन्दा पनि फरक नपर्ला । नेपाल राष्ट्र बैंकले ०७१÷७२ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्त कम्पनीहरूलाई आआफ्नो चुक्ता पँुजी बढाउन निर्देशन दिएको थियो । वाणिज्य बैंकहरूले २०७४ असार मसान्तसम्ममा आआफ्नो चुक्ता पँुजी ८ अर्ब पु¥याउनुपर्ने थियो । त्यसो त सबैजसो वाणिज्य बैंकहरूले आआफ्नो पुँजी नेपाल राष्ट्र बैंकले तोकिएबमोजिमको पु¥याइसकेको छ ।
पछिल्लो समयमा वाणिज्य बैंकहरूको पँुजी ८ अर्बदेखि १० अर्बभन्दा बढी भइसकेको छ । यसले गत वर्षभन्दा समीक्षा वर्षमा धेरै कित्ता सेयर सेयरबजारमा थपिएको सरोकारवालाहरू बताउँछन् । तर, लगानीकर्ताहरू भने त्यति थपिएको देखिएन । नयाँ प्रवेश गर्न चाहने लगानीकर्ताहरू पनि सेयर बजारको अहिलेको अवस्था हेरेर प्रवेश गर्न डराइरहेजस्तो देखिन्छ ।
धेरैजसो वाणिज्य बैंकले पँुजी ८ अर्ब पु¥याउनका लागि २÷३ सय प्रतिशतले पुँजी बढाउनुपरेको थियो । वाणिज्य बैंकहरूले भारी मात्रामा पुँजी बढाउनुपरेको र पँुजी बढेको अनुपातमा नाफा वृद्धि गर्न नसकेकाले प्रतिसेयर आम्दानीमा कमी आउनु पनि स्वाभाविक हो । यसले भने लगानीकर्ताहरू मारमा परे । लगानीकर्ताहरूले लगानी गरेअनुसारको प्रतिफल पाउन सकेन । सय रुपैयाँ लगानी गरेर पाउनुपर्ने प्रतिफल ३ सय लगानी गर्दा पनि पाउन नसकिने जस्तो देखिएको लगानीकर्ताहरूको भनाइ छ ।
पछिल्लो समय लाभांश घोषणा गरेका कम्पनीहरूको लाभांश गत वर्षको भन्दा कम नै छ । धेरैजसो बैंक तथा वित्त कम्पनीहरूको यस वर्ष बोनस सेयर दिने भन्दा पनि धेरैजसो कम्पनीले नगद लाभांशमा मात्र जोड दिएको छ, त्यो पनि गत वर्षहरूको भन्दा कम । यसले पनि सेयर बजारले गति लिन नसकेको सरोकारवालाहरू बताउँछन् । पँुजी वृद्धि गर्नुपरेका कारण लाभांश कम भएको स्वयं बैंकरहरूको भनाइ छ ।
पँुजीवृद्धि नीतिले वाणिज्य बैंकहरूको पुँजी बढाउनुपर्ने बाध्यताले लगानीकर्ताहरू दोहोरो मारमा परे । एकातिर पुँजी वृद्धिपछि लगानीकर्ताहरूलाई पँुजीको जोहो गर्न दबाब प¥यो भने अर्कातर्फ बैंकहरूबाट लाभांश पनि कम पाउने भए । बजारमा सेयरको भाउमा पनि ¥हास आयो । पछिल्लो समयमा केही वाणिज्य बैंकको सेयरको भाउ ३ सयभन्दा मुनि छ, तर पनि बजारमा बिक्रीको चापले गर्दा सस्तोमा पनि सेयर बिक्री गर्न लगानीकर्ताहरूलाई सकस भइरहेको छन् । यसको मुख्य कारण भनेको पुँजी वृद्धि नै हो भन्दा पनि फरक नपर्ला ।
नेपाल राष्ट्र बैंकका विद्वान्, अर्थविद्, पदाधिकारीहरूले गर्दा सेयर बजारको यस्तो अवस्था भएको सरोकारवालाहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले पँुजी वृद्धिको नीति ल्याउँदा अलिकति भए पनि विवेक पु¥याएको भए लगानीकर्ताहरू र सेयर बजारको अवस्था पछिल्लो समय यस्तो हुने थिएन होला भनेर पनि भन्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले पँुजी वृद्धिको नीति बैंक तथा वित्त कम्पनीहरूको टाउकोमा बजारेर खाए खा नखाए घिच् भनेजस्तो पनि देखियो । त्यसो त बैंक तथा वित्त कम्पनीहरूले पनि राष्ट्र बैंकको निर्देशन भगवान्को प्रसादजस्तो ठानेर टाउकोमा लगाएको जस्तो पनि देखियो । यो प्रसादको मूल्य भने लगानीकर्ताहरूले बेहोर्नुप¥यो ।
यदि नेपाल राष्ट्र बैंकले अलिकति भए पनि बुद्धि पु¥याएको भए सेयर बजारले राम्रो बाटो लिने थियो होला । पँुजी वृद्धि गर्न भनेको नराम्रो होइन, बैंक तथा वित्त कम्पनीहरूले पँुजी बढाउन ुपनि पर्छ तर कति समयमा कतिसम्मको बढाउने विचार गर्नुपर्ने रहेछ । यसमा नेपाल राष्ट्र बैंक चुकेको देखिन्छ । त्यसो त बैंक तथा वित्त कम्पनीहरूले पुँजी पु¥याइसकेका पनि छन् । यसलाई नेपाल राष्ट्र बैंकले पँुजी वृद्धि नीति सफल भएको पनि मानेको छ होला, तर यसले सेयर बजार डामाडोल भए भने लगानीकर्ताहरूले दोहोरो नोक्सानी बेहोर्नुप¥यो ।
कम्पनीहरूलाई पनि पुँजी वृद्धि गर्न निकै चुनौतीहरूको सामना गर्नुप¥यो होला । अहिले बैंक तथा वित्त कम्पनीहरूबाट कम लाभांश पाउने र बोनस सेयरभन्दा नगद लाभांश मात्र पाएका कारण लगानीकर्ताहरू निराशजस्तै देखिन्छ । धेरैजसो सेयरधनीहरूलाई नगद लाभांशभन्दा पनि बोनस सेयरको आस हुँदो रहेछ । त्यसो त दोस्रो बजारका लगानीकर्ताहरूमा बोनस सेयरको त्यति आस नभए पनि प्राथमिक बजारका सेयरधनीहरूलाई भने धेरैजसो बोनस सेयरको आस हँुदो रहेछ । यसले सेयर बजारमा पनि नकारात्मक असर हुने गरेको छ । समीक्षा अवधिमा लगानीकर्ताहरूले नगद लाभांश मात्र, त्यसमा पनि गत वर्षहरूमा भन्दा कम मात्र पाएका कारणले सेयर बजारप्रति त्यति लगानीर्ताहरूको आकर्षण नरहेको जस्तो पनि देखिएको छ ।
पछिल्लो समयमा बजार खस्कँदो अवस्थामा हुनु, कम्पनीहरूको प्रतिसेयर आम्दानी घट्न सेयरको मूल्य घट्नु, बजारमा बिक्रीको चाप बढ्नु, मागभन्दा बढी आपर्ति बढ्नु र सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण नबढ्नुको कारण अधिकांशले पँुजी वृद्धिलाई मानेका छन् । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको नीतिले गर्दा कम्पनीहरूले वर्षमा दुई–तीन पटकसम्म पनि हकप्रद सेयरहरू जारी गरेका थिए । हकप्रद सेयरका कारण लगानीकर्ताहरूसँग सेयरको थुप्रो नै भयो । लगानीकर्ताहरूसँग सेयरको थुप्रो भएका कारण लगानीकर्ताहरू सेयर खरिद गर्नभन्दा बिक्री गर्नतिर लागेकाले बजारमा मागभन्दा आपूर्ति बढ्न गयो, जसका कारण पछिल्लो समय सेयरको भाउ घटेको सरेकारवालाहरू बताउँछन् ।
अहिले बजारमा सेयरको भाउ अलिकति मात्र बढे पनि नेप्से अलि उकालो लाग्यो भने बजारमा सेयरको बिक्री चाप ह्वात्तै बढ्ने हुन्छ, जसका कारण नेप्से बढ्न सकिरहेको छैन । त्यसो त नेप्से घट्ने–बढ्नेमा विभिन्न कारण हुन सक्छन् । राज्य, सरकार, नियमन निकायहरूले यसको समाधान निकाल्नुपर्ने हुन्छ, तर पनि पछिल्लो समयमा सेयर बजार खस्कनको कारणलाई नेपाल राष्ट्र बैंकले बाध्यतावश थुपारेको पँुजी वृद्धिको नीतिलाई नै मान्छन् सरोकारवालाहरू ।
१८८१ अंकसम्म पुगिसकेको नेप्से पछिल्लो समयमा घटेर १२ सय अंकको हाराहारीमा घुमिरहेको छ । सेयर बजारले गति लिन सकिरहेको छैन । त्यसो त सेयर बजारमा हल्लाको पनि प्रभाव पर्ने गरेको छ । कतिपय सेयर बजारका विश्लेषक भनिनेहरूले बेला–बेलामा भविष्यवाणि पनि गर्ने गरेका छन् । सेयर बजारका ज्योतिषिहरू कोही नेप्से ९ सय अंकमा झर्छ भनेर भविष्यवाणि गर्छन त कोही एक वर्षमा नेप्से २५ सय पुग्छ, अब सेयर बजारमा उछाल आउँछ भनेर पनि भविष्यवाणी गर्छन् अनि कतिपय लगानीकर्ता यस किसिमको हल्लाको पछि दगुरेर आफैंलाई नोक्सानी पु¥याउँछन् । सेयर बजारप्रति अनावश्यक हल्ला गर्ने ज्यातिषिहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।
गत वर्षहरूमा भन्दा अधिकांश वाणिज्य बैंकको आम्दानी बढेकाले अबका दिनमा भने सेयर बजारले राम्रो बाटो लिने देखिन्छ । त्यसो त नेप्से भनेको घटबढ भइ नै रहन्छ । नेप्से घटे पनि आत्तिनु, डराउनु पर्दैन, सेयर बजारमा नेप्से घटबढ भइरहन्छ । नेप्से घटबढ हुने त सेयर बजारको विशेषता नै हो । सेयर बजार घटेपछि बढ्छ पनि । सेयर बजारप्रति सकारात्मक सोच राखेर लगानी गर्नुपर्छ भने सेयर बजारमा हुने हल्लाको पछि पनि लाग्नु हुँदैन । लगानीकर्ताहरूले सेयर बजारमा लगानी गर्दा लगानीकर्ताहरू सचेत, चनाखो र सेयर बजारप्रति जानकारचाहिँ हुनुपर्छ । — नरेन्द्रमान श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्