कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति

एपेक्स एजुकेशनल एकेडेमीले कोरोनाबाट प्रभावित ७ प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
एकेडेमीले २३औं वार्षिकोत्सवको अवसरमा चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्वतयारी कक्षामा सहभागी हुने कोरोना प्रभावित तथासरकारले निर्धारण गरेको आरक्षित समुहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो ।
विगत दुई दशकदेखि लोकसेवा आयोग अन्तरर्गतका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले ईन्जिनियरिङ र मेडिकल तयारी कक्षामा सहभागी हुने कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउने एकेडेमीका अध्यक्ष हरिप्रसाद पौडेलले बताए । “हामीले कलेजका टपरलाई मात्र प्राथमिकता नदिएर राज्यले दिएको कोटा अनुसार छात्रवृत्ति उपलब्ध गराउने छौं” उनले भने, “विद्यार्थीलाई सरकारको मापदण्डअनुसार विद्यार्थी छनोट गरेर छात्रवृत्ति उपलब्ध गराउने छौं ।”
कोभिड प्रभावित विद्यार्थी मध्यबाट छात्रवृत्तिका लागि प्रत्येक प्रदेशबाट ७ जना गरी जम्मा ४९ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गर्ने एकेडेमीले जनाएको छ । यसका साथै अन्य सम्पूर्ण अध्यनरत विद्यार्थीलाई यो शत्रको लागि ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।
एकेडेमीले छात्रवृत्तिका लागि आवेदन दिन सम्बन्धित विद्यार्थीको कोभिड पोजेटिभ भएको सक्कल प्रमाण पत्र, सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा सीटिइभिटीको ३ वर्षीय डिप्लोमा कोर्ष उतीर्ण गरेको प्रमाणपत्रका साथै नेपाली नागरिक हुनुपर्ने जनाएको छ ।