कोकाकोला र आईसीसीबीच साझेदारी «

कोकाकोला र आईसीसीबीच साझेदारी

विश्वभर सर्वाधिक रुचाइएको पिय पदार्थ कोकाकोला मानिसहरूको खुसी, उत्सव, हासो र भावनाहरूको हिस्सा बन्दै आइरहेको छ । कोकाकोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रूपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलसँग साझेदारी गरेको हो ।
कोकाकोला विश्वव्यापी रणनीतिक साझेदारीका रूपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पियपदार्थ पाटर्नर बनेको छ । कोकाकोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ । कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन आईसीसी पुरुष विश्वकप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–ट्वान्टी वल्ड कप, न्युजिल्यान्डमा र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपमा प्रायोजन गर्ने कम्पनीले जनाएको छ । कोकाकोलाले उपभोक्तासँग जोडिनका लागि कस्टुमर सेन्ट्रिक पोटफोलियो बनाउँदै आएको छ । कम्पनीले लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारी गर्दै आएको छ । कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।
नेपालको खेलकुद विकासका लागि कोकाकोलाले एभरेष्ट प्रिमियर लिग, ट्वान्टी–२० क्रिकेट टुनामेन्ट आयोजना गरेको थियो । त्यसबाहेक कोकले विगत १० वर्षदेखि युवा तथा खेलकुद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसिएसन एन्फासँग सहकार्य गरेर धेरै जिल्ला स्तरीय र अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्