समृद्धिको खाका कोर्दै खाँदबारी «

समृद्धिको खाका कोर्दै खाँदबारी

प्रदेश : १
जिल्ला : संखुवासभा
नगरपालिका : खाँदबारी
वडा संख्या : ११
नगर प्रमुख : मुरारीप्रसाद खतिवडा
उप प्रमुख : डेगेश्वरी श्रेष्ठ
प्रमुख प्रशासकिय अधिकृत : शेखरबाबु कार्की
जनसंख्या : ३५,६२८
क्षेत्रफल : १२३ वर्ग किमि



संखुवासभा-खाँदबारी नगरपालिका सङ्खुवासभा जिल्लाकै पहिलो नगरपालिका हो । करिब ४० हजार जनसंख्या रहेको यो नगरपालिका १ सय २३ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहबाट २ सय ७८ मिटरदेखि २१ सय मिटरको उचाइभित्र रहेको नगरपालिकामा विभिन्न सम्भावनाहरू रहेका छन् ।
२०५३ सालमा स्थापना भएको यो नगरपालिका संखुवासभा र भोजपुरका बासिन्दाको व्यापारिक केन्द्र पनि हो । यो नगरपालिका पछिल्लो समय तीव्र सहरीकरणतर्फ उन्मुख छ । पूर्वको प्रसिद्ध तीर्थस्थल मनकामना धाम र विश्वको होचो (समुद्री सतहबाट ४ सय ५७ मिटर) उपत्यका अरुण उपत्यका यसै नगरपालिकाको वडा नं. ९ मा रहेको छ ।
हवाई र यातायात सुविधाबाट धरान, विराटनगर, काठमाडांैसँग जोडिएको तुम्लिङटार विमानस्थल यसै अरुण उपत्यकामा अवस्थित छ । ४ सय ३२ प्रजातिका पुतली पाइने अरुण उपत्यका र विश्वको पाँचौं अग्लो हिमशिखर मकालु हिमालको दृश्यावलोकन गर्न सकिने खाँदबारी नगरपालिका सांस्कृतिक र प्राकृतिक स्रोतसाधनले पनि भरिपूर्ण छ ।
नेपालकै सबैभन्दा ठूलो सप्तकोसीको सहायक नदी अरुण नदीले पश्चिम क्षेत्र र असला माछाका लागि प्रख्यात मानिएको सभा खोलाले पूर्वबाट घेरिएको यस नगरपालिका पर्यटकीय र सामरिक दृष्टिकोणले अत्यन्तै सम्भावना युक्त नगरपालिका हो । अहिले जननिर्वाचित प्रतिनिधि आइसकेपछि थप केकस्ता कामहरू भइरहेका छन् । खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाका अनुसार मुलुक संघीयतामा गएसँगै भएको स्थानीय तहको निर्वाचनबाट खाँदबारी नगरपालिकामा समेत लामो समयको जनप्रतिनिधिविहिनको अवस्थालाई हटाको हो ।
संघीय सरकार र प्रदेश सरकारबाट विभिन्न स्रोतबाट नगरपालिकालाई बजेट विनियोजन भएअनुरूप नगरपालिकाको असीमित क्षेत्रहरूको सम्बोधनका लागि पालिकामा भएका टोल विकास समिति, वडा समिति हुँदै नगरसभाको माध्यमबाट अति आवश्यकीय क्षेत्रका लागि पहिला आयोजनाहरूको छनोट भएअनुरूप कार्यान्वयन गरिँदै आएको खतिवडा बताउँछन् ।
खतिवडाले पालिकाको सबै ११ वटा वडा कार्यालयमा जाने सडक निर्माण भएको, त्यसैगरी नगरपालिकाभित्रका ११ वटा वडामध्ये ९ वटा वडाको आफ्नै कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको, एउटा वडाको भवन निर्माणका लागि टेन्डरको चरण अघि बढेको र एउटा वडाको आफ्नै भवन रहेको जानकारी पनि गराए ।
उनले आफ्नो कार्यकालको महŒवपूर्ण उपलब्धिका रूपमा नगरभित्रका अधिकांश बस्तीहरूमा सडकको पहुँच पु¥याउन सफल भएको र नगरलाई पूर्ण विद्युतीकरणको चरणमा पु¥याएको बताए । सहरको स्वास्थ्य र सुन्दरतालाई मध्यनजर गर्दै नियमित रूपमा नगरउन्मुख क्षेत्रहरूबाट फोहोर संकलन गरी पालिकाको आफ्नै डम्पिङ साइटमा व्यवस्थापन गर्दै आएको, सञ्चार र इन्टरनेट सुविधालाई नगर क्षेत्रका बस्ती बस्तीमा पु¥याउन नगरपालिकाले जोड दिएको उनको भनाइ छ ।
प्राकृतिक तथा विभिन्न भाषिक सांस्कृतिक सम्पदाले भरिपूर्ण खाँदबारी नगरपालिकालाई जिल्लाकै नमुना नगरपालिका बनाउन सरकारी तथा सार्वजनिक स्थानमा पार्क तथा संग्रहालय निर्माणलाई प्राथमिकतामा राखी पर्यटन प्रवद्र्धनमा जोड दिइएको नगर प्रमुख खतिवडा बताउँछन् ।
सबै वडा कार्यालयहरू र नगरपालिका कार्यालयमा दरबन्दीअनुसार कर्मचारीहरूको व्यवस्था हुन नसकेको, संकलित फोहोरलाई व्यवस्थापन गरी आम्दानीको स्रोत बनाउन नसकिएको, जनसहभागितामा सम्पन्न गर्नुपर्ने विकास निर्माणको कार्यमा सामुदायिक सहभागिता जुटाउन अत्यन्तै कठिनाइ बेहोर्न परेको, नगरको आर्थिक बढोत्तरीका लागि आन्तरिक स्रोत बढाउन नसकिएको साथै स्थानीय तथा केन्द्रीय सडकहरूको लगत कट्टा गर्न विभिन्न समस्याका कारण कठिनाइ भएको उनको अनुभव छ ।
नगरपालिकालाई आर्थिक रूपमा सबल र सक्षम बनाउन गत आर्थिक वर्ष २०७७÷०७८ मा पहिलो पटक पञ्चवर्षीय आवधिक विकास योजना २०७८÷०७९–२०८२÷०८३ तर्जुमा गरी समृद्धि खाँदबारी नगर भन्ने दीर्घकालीन सोचसहित व्यावसायिक कृषि, गुणस्तरीय तथा प्राविधिक शिक्षा, आधारभूत स्वास्थ्य, पर्यटन प्रवद्र्घन, दिगो पूर्वाधार विकास, व्यवस्थित बजार, समावेशीकरण, सुशासन प्रवद्र्घन, स्वच्छ र समृद्घ नगर विकासका आधारहरू तयार भई समतामूलक समाजसहित नागरिकको जीवनस्तरमा व्यापक सुधार ल्याउने लक्ष्य लिएको छ ।
चालू आर्थिक वर्षदेखि सोही योजनाका आधारमा नगर विकासका कार्यक्रमहरू अघि सारिएको र आवधिक योजनासँग तादात्म्यता मिल्ने गरी खाँदबारी नगरपालिकाले चालू वर्षदेखि नै पहिलो मध्यमकालीन खर्च संरचना (२०७८÷७९–२०८०÷८१) तयार गरी कार्यान्वयन सुरु गरिएको उहाँको भनाइ छ । दीर्घकालीन सोचअनुरूप आगामी वर्षदेखि सोही खर्च संरचनाका आधारमा बजेट विनियोजन गर्दै राजस्व परिचालन सम्बन्धमा समेत आवधिक योजनाले मार्गनिर्देश गरेका कार्यक्रम सञ्चालन गर्ने, चालू वर्षको कार्यक्रममा पालिकाको आन्तरिक स्रोत बढाउनका लागि व्यवसायी तथा नगरवासीहरूसँग हातेमालो गर्दै करको दायराभित्र ल्याउन निजी क्षेत्रसँगको सहकार्य अघि बढाउने आदिजस्ता कार्यक्रमहरू राखिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखरबाबु कार्कीको समेत भनाइ रहेको छ ।
सम्पत्ति करलाई व्यवस्थित गर्न स्थान विशेष (वडागत) र प्रकृति विशेष (घरको तला र बनावट, खेतबारीको प्रकार) का आधारमा वर्गीकरण गरी करको दर कायम गरिएको छ ।
चालू वर्षमा पालिकाका लागि संघीय सरकार, प्रदेश सरकार र पालिकाको आन्तरिक आय गरी करिब ८२ करोड रहेको नगरपालिकाले जनाएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पूर्वाधारमा नै विशेष जोड दिइएको छ । कृषि तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भर हुनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, चैते धान खेतीलाई विशेष महŒव दिनका लागि चैते धान दिवस नै मनाइने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए ।
प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा सबै वडामा अपाङ्गता पुनस्र्थापना तथा उपचारअन्तर्गत साधारण चिकित्सा, श्रवण चिकित्सा, आँखा उपचार र फिजियोथेरापी उपचारसम्बन्धी शिविर सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत शिविर सञ्चालन गरिँदै आएको छ भने सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रणका लागि शिविर सञ्चालनसमेत प्राथमिकतामा परेको छ । त्यसैगरी आन्तरिक स्रोत, करको दायरा, आम्दानीको स्रोत हिजोको तुलनामा विभिन्न कानुन अधिकार, निर्देशिका, बनाई फराकिलो बनाइएको छ । गत वर्ष करिब २ करोड आन्तरिक आम्दानी भएको थियो भने यस वर्ष ३.५ करोड उठाउने लक्ष्य लिएको उनले जानकारी दिए । यसका लागि अघि भनिएझंै सम्पत्ति करमा विशेष व्यवस्था गरी हुनेले तिर्ने गरी करको दरमा समायोजन गरिएको छ । व्यवसाय दर्ता र भाडाकर सम्बन्धमा नगरवासीहरूकै सहभागितामा कर संकलन गरिने कार्यक्रमसमेत राखिएको छ ।
नगरपालिकाद्वारा निर्माण गरिएका नीतिनियम र निर्देशिकाले कार्यालयको कार्य सम्पादनमा धेरै हदसम्म सहजता आएकोे छ ।
पालिकालाई दैनिक कार्यमा आवश्यक पर्ने नीतिनियम, संघीय सरकारका केन्द्रीय निकायहरूले स्थानीय निकायहरूका लागि निर्माण गरेका नीतिनियम कार्यविधि निर्देशिकाहरूले स्थानीय सरकारलाई अनुशासनमा बाँधेको छ भने कर्मचारीलाई जननिर्वाचित पदाधिकारीसँग कार्य गर्न सहज वातावरण बनाएको छ ।
संघीय सरकारमा रहेका अनुभवी व्यक्तित्वहरूले तयार गरेको नमुना ऐननियम कानुन कार्यविधि निर्देशिकाहरूले गर्दा एकातिर स्थानीय निकायले व्यावहारिक र समय सान्दर्भिक दस्ताबेजहरू प्राप्त गर्न सकेको छ भने अर्कातिर पालिकाहरूको श्रम तथा स्रोतमा बचत भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीको अनुभव छ ।
नगर प्रमुख खतिवडाले खाँदबारी नगरपालिकाले हरेक वर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन हेर्दा स्थानीय जनताको मागलाई प्राथमिकतामा राखेको तर ठूलो भूगोल, कमजोर भौगोलिक बनावटले गर्दा जनताको सबै मागहरूलाई सम्बोधन गर्न नसकिएको पनि जनाए । सबै जनताले आफ्नो क्षेत्रमा विकासको काम पहिला भन्ने अवस्थाले गर्दा कहिलेकाहीं जननिर्वाचित प्रतिनिधिहरूलाई अप्ठेरो वातावरण समेत सिर्जना भएको जानकारी गराउँदै खाँदबारी नगरपालिकाले भएका स्रोत र साधनको अत्यधिक सदुपयोग गर्ने प्रयास गरिरहेको उनले बताए ।
आगामी दिनमा नगरले विगतका वर्षहरूमा निर्माण गरिएका विकास निर्माण र पूर्वाधारका अन्य संरचनाहरूको दिगोपनामा विशेष ध्यान दिई विभिन्न कार्यक्रमहरूलाई वडा स्तरसम्म पु¥याउने लक्ष्य राखिएको भन्दे उनले आवधिक योजनामा समावेश भएका उद्देश्य, रणनीति तथा प्राथमिकताअनुसार खाँदबारी नगरपालिकाका आगामी कार्यक्रमहरू अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्