Logo

जोन्टा क्लबलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउन बैंकले चार लाख ९७ हजार २०० रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले क्लबका अध्यक्ष सीमा गोल्छालाई सो चेक हस्तान्तरण गरेका हुन् । जोन्टा क्लबले हिंसा पीडित महिला तथा बालिकाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसँग काम गरिरहेको जनाएको छ । क्लबले ललितपुर महानगरीय प्रहरीसँग पनि सहकार्य गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्