ग्याष्ट्रिकका बिरामीलाई नर्भिकमा निःशुल्क ओपिडी सेवा «

ग्याष्ट्रिकका बिरामीलाई नर्भिकमा निःशुल्क ओपिडी सेवा

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आगामी शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई निःशुल्क सेवा सञ्चालन हुने भएको छ ।
असोज ९ गते अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिनसक्ने छन् ।
नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्