चेपाङ गाउँमा मिनी रिसोर्ट «

चेपाङ गाउँमा मिनी रिसोर्ट

भरतपुर- विदेशबाट फर्केर आएका स्थानीय रमेश न्यौपानेले चितवनको चेपाङ गाउँमा मिनी रिसोर्ट बनाउन लागेका छन् ।
राप्ती–१० किरनटारमा ४ कठ्ठा क्षेत्रफलमा ७० लाख खर्चेर मिनी रिसोर्ट निर्माण गर्ने भएका छन् । यो चेपाङ बाहुल्यता रहेको पहाडी क्षेत्र हो । राप्ती–८ खुरखुरेमा २ वर्ष होटल चलाएका न्यौपाने कतार र कुवेतमा करिब ७ वर्ष बसेर फर्किएका हुन् ।
२ वटा कोठा तयारी भइसकेको छ । छिटै थप ४ कोठा बनाइने छ । बगैंचासहितको आकर्षक रिसोर्ट बनाउने काम धमाधम भइरहेको छ । उनी अदुवा खेती गर्ने योजनामा पनि छन् । मिनी रिर्सोट निर्माणको काम दशैं अगाडी पूरा हुने उनले बताए । उनकी श्रीमती बुटिक व्यवसायमा थिइन् । स्वास्थ्यमा समस्या आएपछि न्यौपाने दम्पत्तिले व्यवसाय नै परिवर्तन गरेका हुन् ।
किरनटार चिसो हावापनी भएको गाउँ हो । चिसो मौसममा रमाउन चाहनेका लागि किरनटार उपयोगी हुने भएकाले आवाससहितको रिसोर्ट बनाउन लागिएको बताए । किटरनटार पूर्व पश्चिम राजमार्ग अन्र्तगत राप्ती नगरपालिकाको खुरखुरेबाट झण्डै १० किलो मिटर उत्तरमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्