लस्कर फुड्सले ल्यायो आकर्षक अफर «

लस्कर फुड्सले ल्यायो आकर्षक अफर

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानामा विशेष छुट ल्याएको छ ।
लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु-याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले बिहीबारदेखि अनलाइन प्रतियोगिता समेटको आयोजना गरी २ जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ । २ जना बिजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्ने बताइएको छ । १५०० बराबरको खानेकुरा एपबाट मगाइ वा लस्कर फुडसको कार्यालयमा सम्पर्क गरी बिजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।
ग्राहकले केही नियमको पालना गरी फुड कुपन जित्न सकिने ओस्ती बताउँछन् । “नेपालीको महान चाडबाड नजिकिएसँगै हामी विभिन्न अफरहरु ल्याउँदै जाने छौं” प्रमुख कार्यकरी अधिकृत ओस्तीले भने । लस्कर फुड्सले खाना पु¥याएको डेलिभरी चार्ज नलिने गरेको छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्