महिलालाई कुमारी बैंकको आत्मरक्षा प्रशिक्षण «

महिलालाई कुमारी बैंकको आत्मरक्षा प्रशिक्षण

कुमारी बैंकले महिलाहरुको आत्म सुरक्षाका लागि प्रशिक्षण दिने भएको छ ।
बैंकले ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ भन्ने नारासहित बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न तालिम सञ्चालन गरेको हो ।
महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराइ आत्ममनोवल उच्च बनाउन बैंकले देशका विभिन्न स्थानमा तालिमको आयोजना गरेको हो ।
महिलामैत्री वातावरणसहितको कार्यस्थललाई अग्रस्थानमा राखेर बैंकले कारोबार गर्दै आएको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने मा विस्वस्त रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्