किम जोङ र दुतेर्ते जस्तै यी दुईले हङकङमा साथै खाना खाए, फोटो लिने मानिसको भीडनै लाग्यो «

किम जोङ र दुतेर्ते जस्तै यी दुईले हङकङमा साथै खाना खाए, फोटो लिने मानिसको भीडनै लाग्यो

हङकङ-उत्तर कोरियाली नेता किम जोङ उन तथा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते साथसाथै देखिए भने यो विश्वका लागि ठूलै कुरा हुनेछ । हङकङमा यस्तै भएको छ । दुवै नेताका उस्तै देखिने दुई व्यक्ति साथै देखिए । दुवैले साथमै खाना खाएका छन् । दुवै हमसकलको फोटो खिच्नका लागि रेष्टुरामा भीडनै भेला भएको थियो ।
होवार्ड एक्स किम जोङ उन जस्ता देखिन्छन् । यसैगरी क्रिसेन्सियो एक्सट्रिम हुबहु दतेर्ते जस्तै लाग्छन् । आइतबार दुवै हङकङको सेन्ट जोसेफ चर्चमा भेटिएका थिए । होवार्डले किम जोङ उन तथा एक्सट्रिमले दुतेर्ते जस्तो लुगा पनि लगाएका थिए । पछि यी दुवैले रेष्टुरामा फ्राइड चिकेन पनि खाएका थिए ।
सँगै भेट भएपछि होवार्ड र एक्सट्रिमले बडो मजाले मनोरन्जन समेत गरेका थिए । हावामा नक्कली बन्दुक पनि प्रदर्शन गरेका थिए । यी दुवैलाई हेर्नका लागि रेष्टुरामा ठूलो संख्यामा मानिसको भीड समेत लागेको थियो । एक्सट्रिमसँग एक महिलाले त के तपाई वास्तवमै रोड्रिगो दतेर्ते हो भनेर सोधेकि समेत थिइन् । होवार्ड राजनीतिक व्यग्य लेख्ने गर्छन् । उनले बताए कि यो अचम्म लाग्ने घटना १ अप्रिलदेखि सुरु भएको थियो । आपूmले फेसबुकमा फोटो पोष्ट गरेको र उक्त फोटो भाइरल भएको उनले बताए । मानिसले आपूmलाई किम जोङ उन जस्तै भएको उनले बताए ।
किम जोङ उनको जस्तो हेयरस्टाइल राख्नका लागि आपूmलाई धेरै मेहनत गर्नु परेको होवार्डले बताए । उनले भने,“मैले किम जोङ उनको फोटो सर्च गरे । यसलाई स्थानिय हेयर स्टाइलिस्टलाई देखाए । धेरै सयमको करकापपछि उसले पनि मेरो कपाल मिलाई दियो । अब यो मेरो नियमित स्टाइल बनिसकेको छ ।”
होवार्ड अस्ट्रेलियामा हुर्केका हुन् । उनी कोरियन भाषा बोल्न सक्दैनन । सोशल मिडियामा उनले सिंगापुरका मानिससँग सोधे,“ को राम्रो देखएको छ ? म या तपाईका राष्ट्रपति ?”

 

प्रतिक्रिया दिनुहोस्