वर्तमान सरकारलाई सिस्नुसँग तुलना «

वर्तमान सरकारलाई सिस्नुसँग तुलना

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गरेका हुन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उनले भने, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठीक पार्नुपर्छ ।’
अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गरे । एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए विचाराहरूको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनु परेको उनको भनाइ थियो । अध्यक्ष ओलीले आफूले बनाइ दिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइ दिएको नयाँ घरमा सर्दै हुुनुहुन्छ ।
सर्दै हुनुहुन्छ । एकचोटी तालि बजाउनूस्न । सर्दै हुुनुहुन्छ । हाम्रो समयमा हामीले बनाएको हो । त्यसमा सर्दै हुुनुहुन्छ । मलाई खुसी लाग्छ उनले रिवन काटनु हुनेछ, बत्ति बाल्नु हुनेछ । उद्घाटन गर्नुहुुनेछ । घर हामीले बनायौं रिवन उहाँले काटनुहुन्छ । घर हामीले बनायौं बत्ति उनले बाल्नु हुन्छ । तार हामीले जोड्यौ । प्लग बनायौं उनले थिच्ने छन् । यस्ता थुप्रै कामहरू जुन हामीले ग-यौं । त्यही अपराध हो । सही नसक्नु भएको यही हो । यो एमाले त अव दुई वर्ष सरकारमा टिक्ने हो भने विचाराहरूको सटर बन्द हुन्थ्यो सटर । घ्यार्रर सटर तान्नु पथ्र्याे । राजनीतिक सटर छ नि !’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाए । उनले भने, ‘माके पार्टी, माने पार्टी हेर्नुस्न । यी पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्छन । राष्ट्रियताको मतलव छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलव छैन । स्वाधिनताको मतलव छैन । भौगोलिक अखण्डताको मतलव छैन । राष्ट्रिय हितको मतलव छैन । राष्ट्रिय स्वाभिमानको मतलव छैन । तर, त्यसलाई धुजाधुजा पार्ने खेती गरिएको छ । मलाई कुनै कमेन्ट गर्नु छैन । अघि माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुुनुहुन्छ उहाँहरू कोही विकाउको माल छ कि । कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि । खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन । हाम्रो राजनीतिक त्यस्तो होईन । हाम्रो राजनीतिक आन्दोलनलाई विभाजित गर्ने होईन । देशलाई एकताबद्ध गर्ने राजनीति हो ।’
अध्यक्ष ओलीले आगामी मंसिर भित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दावी समेत गरे ।
उहाँले सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरूको कार्यालय कब्जा गर्ने प्रयास भईरहेको भन्दै आपत्तिसमेत जनाए । अध्यक्ष ओलीले भन्नु भयो, ‘हामी अचम्म लाग्छ । हामी कसैका पार्टी कार्यालय कब्जा गर्न जाँदैनौं । कसैका सम्पत्ति कब्जा गर्न जाँदैनौं । कसैका फाईल कब्जा गर्न जाँदैनौं । राज्य सत्ताको दुरुपयोग गराएर त्यसको आडमा राजनीति गर्न खोज्दैनौं । प्रहरीलाई कानुन उलंघन गर्ने संयन्त्रको रुपमा सत्तापक्ष प्रयोग गरिरहेको छ । कार्यालयमा आएर ताला लगाउने । विधिवत औपचारिक बैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई चार मान्छेहरू कस्ता मतिका हुन, एउटा कार्यालय पनि खोल्न सक्दैनन् । अर्काको कार्यालयमा आएर लिखिर लिखिर गरेर । कार्यालय पनि खोल्न नसक्ने अर्काको कार्यालयमा आएर । सरकार फेरी कस्तो ? यस्ता कुराको पछाडि लागेर ७०-७० जना नेताहरूलाई त्यहाँबाट गिरफ्तार गर्छ, अलिकति लाज हुनुपर्ने हो ।
अनि ताला लगाउँछ–तपाईहरूको विवाद रहेछ भनेर । अनि विवाद सिंहदरबारबाट खडा गराई दिएको होइन । बालुवाटारबाट खडा गरिदिएको विवाद होइन । आफैं आएको विवाद हो र त्यो ? त्यो घटकहरू भन्ने छ नि । पाँचवटा घटकले सृजना गरिदिएको विवाद होइन । यस्तो ज्यादति लोकतन्त्रको नाउँमा । आज उनीहरूको पार्टीको यसो हेरेको । कम्युनिष्ट आन्दोलनका देखा परेको दक्षिण पन्थताको विरुद्धमा जुध्ने रे । कांग्रेसका पछि–पछि हिँडने, अनि दक्षिणपन्थीको विरोध गर्नुछ । दक्षिण पन्थको विरोध । कम्युनिष्ट नाममा दक्षिण पन्थको बाटो । हाम्रो राजनीति त्यस्तो राजनीति होईन । किचोला, झमेलाको राजनीति होइन ।
सत्ताको दूरुपयोग गरेर राजनीति गर्ने होइन । प्रहरी संयन्त्रको दूरुपयोग गर्ने होईन । प्रहरीलाई कस्तो अप्ठ्यारो पारिदिएको छ, हेर्नुस्त । अराएपछि नजाउ पनि भएन ड्युटी । यो गर । त्यहाँ गएर ताला लगा भनेको छ । होइन भने दूर्गममा सरुवा गरिदिन्छ । महिला प्रहरीहरूलाई कति गाह्रो परेको होला काखमा बच्चा । ठूलो बच्चा त्यहाँ स्कुलमा पढ्दैछ । उसले सारिदिन्छ डोल्पा, बच्चा लिएर कसरी जानू । सरकार छ यस्तो । शिक्षकलाई आफूतिर लाग्छ कि सुरुवा गरिदिऊ भन्छ सरकार । दुर्गममा सरुवा गर्छ । यिनीहरूको त मानवीय मन पनि छैन हो । अलिकति संवेदनशीलता हुँदैन । अलिकति मानवीयता हुँदैन । यिनीहरूको छाति भित्र मुटु होइन, ढुंगा राखिएको छ । त्यो पनि दर्शन ढुंगा भन्छन नि छिप्पिएको । मानवीयता त्यसले कहाँबाट बोल्नु ।’
अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बालेको पनि स्पष्ट पारे । आफूले मदन भण्डारीलाई मरनोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भए पनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उनको आपत्ति छ । अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पदाधिकारी पार्टीको रुपमा चित्रण गरे । फुटेपछि माधव नेपाल नेतृत्वको पार्टी एकीकृत भएको अध्यक्ष ओलीको व्यंग्य थियो । उनले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदूतहरूलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्