हाट बजारमा चहल पहल बढ्दै «

हाट बजारमा चहल पहल बढ्दै

धनकुटा – धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले लगाएको निशेधाज्ञाका कारण बन्द रहेका धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको हो ।
सदरमुकामसहित ग्रामीण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरूमा चलहपहल सुरु भएको छ । असोज १ गतेबाट अधिकांश व्यापार व्यवसाय सञ्चालन गर्न सरकार र स्थानीय प्रसाशनले छुट दिएसंँगै साप्ताहिक र पाक्षिक बजारमा चहल पहल बढेको व्यवसायीहरू बताउँछन् । कोरोना भाइसरको त्रास कम हुँदै गएको र नेपालीहरूका ठूला चाड दशैं तिहारसमेत नजिकिँदै गएकाले समेत बजारमा चहलपहल बढेको व्यवसायी लोकराज राईले बताए । उनले भने, “महिनौदेखि बन्द रहेका हाट बजार ग्रामीण अर्थतन्त्रका मेरुदण्ड नै हुन्, यस्ता बजार लाग्न थाल्नु आफैमा राम्रो हो ।” लकडाउनका समयमा थलिएको व्यापार व्यवसाय तङ्ग्रिन छ कि भन्ने आशा दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्