एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’ «

एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’

एनसेलका ग्राहकहरूले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरू मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबीदेखि ३ जीबीसम्मको विभिन्न प्याकहरू सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।
गज्जबको डेटा प्याक सोमबार (माघ २१) बाट लागू हुनेछ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक मात्र रु. १५ (रु १९.१५ कर सहित) मा सुचारु गर्न सक्नेछन् । तीनदिनको समय सीमा रहेको २०० एमबी डेटा प्याक रु. ३५ (रु. ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले ५०० एमबी डेटा प्याक रु. ७५ (रु. ९५.७७ कर सहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समय सीमा सातदिनको हुनेछ ।
धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जीबी डेटा प्याकमात्र रु. ३५५ (रु. ४५३.३०) मालिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार गज्जबको प्याकहरू सुचारु गर्न सक्नेछन् ।
त्यसैगरी एनसेल एपबाट पनि यी डेटा प्याकहरू सजिलै खरिद गर्न सकिनेछ । गज्जबको डेटा प्याकअन्तर्गत ल्याइएको नयाँअल टाइम डेटा भोलुमहरूले सुलभ दरमा ग्राहकका लागि डेटा कनेक्टिभिटी सुनिश्चत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस्