बुटवलमा कृषि मेला «

बुटवलमा कृषि मेला

रुपन्देही- भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा कृषि मेला सुरु भएको छ । कृषकहरूलाई नयाँ–नयाँ कृषि प्रविधितर्फ आकर्षित गराई उत्पादकत्व बढाउने, कृषकहरूलाई नविनतम कृषि प्रविधिबारे जानकारी गराउने, कृषिजन्य उत्पादनहरूको प्रदर्शन तथा बिक्री गर्ने उद्देश्यले कृषि मेलाआयोजना गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले बताए ।
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना हुने मेला बुटवल मण्डपमा सञ्चालन भएको छ ।
यसभन्दा अघिल्ला वर्षहरूमा बुटवल उद्योग वाणिज्य संघले एक्लै नै कृषि मेला आयोजना गर्दै आएकोमा यस वर्ष भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले समेत आयोजकका रूपमा साथ दिएपछि संघ थप उत्साहित भएको संघका उपाध्यक्ष उज्जवल कसजुले बताए ।
कसजुले प्रदेश नम्बर ५ मा खपत हुने दूधजन्य, मासुजन्य, फलफूलजन्य, तरकारी तुलनात्मक एवं प्रतिस्पर्धी क्षमता भएका अन्य कृषि उपजहरूको व्यावसायिक उत्पादनतर्फ उन्मुख गराउने गराउने मुख्य उद्देश्यरहेको बताए ।
मेलामा बुटवललाई १५ उपजको बृहत् संकलन केन्द्रको रूपमा स्थापित गराउँदै निकासीयोग्य कृषि उत्पादनमा जोड दिने, निर्यात प्रवद्र्धन गनर्,े कृषि उद्यमी, व्यवसायी कृषक तथा सहकारी सस्थाहरूसँग अन्तरक्रिया, सवाल जवाफ, गोष्ठीको माध्यमबाट गुनासा एवं सुझाव संकलन गर्ने कामसमेत मेलामा हुने बताइएको छ । ६ दिनसम्म चल्ने मेलामा कृषि प्रविधि, उत्पादन, कृषक समूह तथा कृषिसँग सरोकार राख्ने १ सय स्टल रहने छन् । मेलाको उदघाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्