फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको तालिम «

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको तालिम

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ज्ञानेश्वर काठमाडौंले प्रदेश नं १ मा रहेको आफ्ना साझेदार सहकारी संस्थाका लेखा समितिका संयोजक र आन्तरिक लेखापरीक्षण विभागका प्रमुखहरूलाई एक दिवसीय आन्तरिक लेखा परीक्षण तालिम दिन मोरङको सुन्दर हरैचामा आयोजना गरेको छ ।
सहकारी संस्थामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने तथा संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुगोस भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिममा झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका फस्र्ट माइक्रोफाइनान्सका ३५ वटा साझेदार सहकारी संस्थाबाट ३९ जनाको सहभागिता रहेको जनाएको छ ।
उक्त तालिममा आन्तरिक लेखापरीक्षणका सिद्धान्त, विधि तथा प्रक्रिया विषयमा फस्र्ट माइक्रोफाइनान्सका वरिष्ठ प्रबन्धक बाबुराम न्यौपानले, सहकारीमा आन्तरिक लेखापरीक्षण र लेखा सुपरीवेक्षण समितिको भूमिका विषयमा, राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले, आर्थिक कारोबारको निरीक्षण, मूल्यांकन तथा वित्तीय तथा संस्थागत सुशासन विषयमा रजिष्टर्ड अडिटर लक्ष्मी सापकोटाले र आन्तरिक लेखा परीक्षणको प्रतिवेदन तयारी विषयमा फस्र्ट माइक्रोफाइनान्सका कर्जा प्रशासन प्रमुख ज्ञानेन्द्र वाग्लेले सहजीकरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्