ओम डेभलपमेन्ट बैंकद्वारा सीसी टिभी क्यामरा सहयोग «

ओम डेभलपमेन्ट बैंकद्वारा सीसी टिभी क्यामरा सहयोग

ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहँुलाई १ सेट सीसी टिभी क्यामेरा सहयोग गरेको छ । उक्त सामग्री स्वामी केशवानन्द गिरीजीको समुपस्थितिमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाराम पुरीले हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको बताइएको छ । यसअघि बैंकले खैरेनी मावि खैरेनीटार तनहुँको पुस्तकालयलाई केही पुस्तकहरू हस्तान्तरण गरेको थियो, भने सिद्धेश्वर महादेव वृद्धाश्रम गैंडाकोटलाई आर्थिक सहयोग, बाल मन्दिर मावि नदिपुर पोखरालाई भौतिक सामग्री, दृष्टिविहीनहरूलाई कम्प्युटर तालिम शिक्षा तथा हरिहर आश्रम देवघाटलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्