कारोबारकर्मी खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार «

कारोबारकर्मी खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

कारोबार दैनिकका रुकुम संवाददाता मेगराज खड्कालाई यस वर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पु¥याउँदै आएको योगदानको निम्ति प्रेस काउन्सिल नेपालको ५२औं वार्षिकोत्सवको अवसरमा संवाददाता खड्कासहित छनौटमा परेका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कार राशि १५ हजार रुपैयाँ रहेको छ ।

करिब १५ वर्षदेखि रुकुममा रहेर पत्रकारितामा सक्रिय खड्का आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तरसमेत गरेका छन् । खड्काद्वारा लिखित रुकुमको पत्रकारिताः इतिहास र समस्या पुस्तक केही महिनाअघि मात्र प्रकाशित भएको थियो । खड्का रुकुम पश्चिमबाट प्रकाशित हुने आहा सञ्चार साप्ताहिकको सम्पादकसमेत छन ।

प्रतिक्रिया दिनुहोस्