प्रधानमन्त्री देउवाद्वारा पर्वतमा निर्मित बीपी स्मृति भवन उद्घाटन «

प्रधानमन्त्री देउवाद्वारा पर्वतमा निर्मित बीपी स्मृति भवन उद्घाटन

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्वत सदरमुकाम कुश्माबजारमा सम्पन्न बीपी स्मृति भवनको उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेस पर्वतले स्थापना गरेको कार्यालयको आज बिहान भर्चुअल (जुम) माध्यममार्फत उद्घाटन गरेका हुन् । सो अवसरमा बीपी स्मृति भवन निर्माण गरेकोमा पर्वतवासी कार्यकर्ताहरुलाई धन्यवाद समेत दिए । उनले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण हुने क्रम भइरहेको भन्दै खुुसी व्यक्त गरे । उनले पार्टी कार्यालय कार्यकर्ताहरुका सुख दुःख विसाउने थलो हुने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्तिहरु विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । नेता पौडेलेले आफ्नै शक्तिले देशको ठूलो पाटी हुन कांग्रेस नेता कार्यकर्ताले प्रयास गर्नुपर्ने बताए । उनले भने, ‘हामी आफैं ठूलो पार्टी हुने हो कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन ।’ वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यता पछिल्लो समय नेपाली कांग्रेसमा हराउँदै गएको समेत बताए । उनले कांग्रेस पाटी भित्रको लोकतान्त्रिक मूल्य मान्यतालाइ संस्थागत गर्नुपर्ने धारणा राखे । भवन उद्घाटन समारोहको भर्चुअल माध्यमवाट सम्बोधन गरेका पौडेलले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्नसमेत धारणा राखे ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पार्टीभित्र गुट बन्दीको अन्त्य गर्न आग्रह गरेका छनन् । उनले गुट रहित कांग्रेस बनाई आगामी महाधिवेशन सम्पन्न गर्न समेत आग्रह गरे ।
२०६६ साल कात्तिक ११ गते शिलन्यास गरिएको भवन झण्डै १२ वर्षमा सम्पन्न भएको हो । भवन निर्माण गर्न कुल १ करोड ४७ लाख खर्च भएको छ । भवन निर्माण समितिका संयोजक समेत रहेका केन्द्रीय सदस्य अर्जूनप्रसाद जोशीले दिएको जानकारी अनुसार कुल २ करोड १३ लाखका स्टिमेट गरिएको भएपनि १ करोड ४७ लाख रुपैयाँमा भवनको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । भवन निर्माणको लागि विभिन्न संघ सस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम संकलन गरिएको जोशीले जानकारी दिए । भवन निर्माणका लागि प्राप्त रकममध्ये ६५ लाख रुपैयाँ बचत भएको छ । बचत भएको रकम विभिन्न अक्षय कोषमा राखिने जोशीले जानकारी दिए ।
उक्त भवन तत्कालीन जिल्ला सभापति नवराज गुरुङको पालामा शिलान्यास भएको थियो ।

प्रतिक्रिया दिनुहोस्