दसैंको लागि टिकट बुकिङ ११ असोजदेखि «

दसैंको लागि टिकट बुकिङ ११ असोजदेखि

Gongabu bus station


सरकारले दसैंतिहारमा उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुको लागि अग्रिम टिकट बुकिङ ११ असोजदेखि खुला गर्नेे भएको छ । बिहीबार सरोकारवाला निकायसहित यातायात व्यवस्था विभागमा बसेको बैठकले ११ असोजबाट लामो तथा मध्यम दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवतmा लोकनाथ ढकालले भने, “उपत्यकाबाट बाहिरिने यात्रुको लागि यात्रा सहज बनाउन विभाग प्रतिबद्ध रहेको छ । स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरी सकेसम्म अनलाइन टिकट बुकिङलाई विभागले जोड लिएको छ ।” उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष राखेर यात्रुको सहजीकरणको लागि सुरक्षाकर्मी खटिने विभागले जनाएको छ । यात्रु ठगिने, तोकिएको सिट नपाउने जस्ता समस्या नआउने विभागको दाबी छ ।
उपत्यकाबाट बाहिरिने सवारीको निकासलाई सहजीकरण गर्न उपत्यकामा निर्माण सामग्री र ढुवानीका लागि प्रयोग हुने सवारीको आगमनलाई दिउँसोको समयमा प्रतिबन्ध लगाइने निर्देशक भुषालले बताए । यसको अनुगमन तथा नियन्त्रण महानगरीय ट्राफिक प्रहरी महाशाखा र विभागको समन्वयमा गरिनेछ ।
यात्रुको आगमनलाई सहज बनाउन घटस्थापनादेखि पूर्णिमासम्मको लागि यात्रुवाहक सवारीलाई नेपालभर रुट पर्मिट खुला गरिएको छ । यसले गर्दा सवारीसाधनले यात्रु लिएर जुनसुकै गन्तव्यमा पनि जान पाउनेछन् । वर्षाका कारण बिग्रिएको सडकको तत्काल अस्थायी मर्मत गरेर सवारी आगमनमा सहजता ल्याउन र यात्रुलाई समयमा नै गन्तव्यमा पु¥याउनको लागि सडक मर्मतको लागि सडक विभागलाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता भुषालले बताए ।
छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकको मर्मत सम्भार गर्न ध्यानार्कष्ण गराएका थिए । उनले भने, “वर्षाका कारण सडकमा धेरै नै खाल्डाखुल्डी परेको छ, जसका कारण यात्रुलाई गन्तव्यमा पु¥याउन समस्या पर्ने र यात्रा असुरक्षित हुने हुँदा मर्मत गर्ने सहमतिमा बुकिङ खोल्ने निर्णय भएको छ ।” शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँग हुने छलफलमा पनि सडक मर्मत सम्भारमा जोड दिने महासंघका महासचिव सिटौलाले बताए ।
महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न पनि व्यवसायीले माग गरेका छन् ।
चाडबाडलाई लक्षित गरेर बिहीबार नै गृह मन्त्रालयमा पनि सरोकारवाला निकायको बैठक बसेको थियो । महासंघका महासचिव सिटौलाले नागरिक सहायता कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न सुझाएका थिए । उनले अनलाइन प्रविधिमार्फत बुकिङ गर्न चाहनेले सहजै गर्ने व्यवस्थाको सुरुवातले सहजै बुकिङ गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्