महिन्द्राको नयाँ युभो ४१५ डीआई सार्वजनिक «

महिन्द्राको नयाँ युभो ४१५ डीआई सार्वजनिक

तेस्रो एग्रोेटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ मा महिन्द्राको युभो ४१५ डीआई सार्वजनिक भएको छ । नयाँ युगको यस महिन्द्रा युभो ४१५ डीआई एक ट्रयाक्टर हो जसले खेतीमा नयाँ सम्भावनाहरु खोल्नेछ ।
यसमा प्रयोग भएको नयाँ प्रविधिहरु जस्तै शक्तिशाली ४ सिलिन्डर इन्जिन, नयाँ विशेषता भएको ट्रान्समिसन तथा हाइड्रोलिक्सले एसको गुणस्तरता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । महिन्द्रा युभो ४१५ डीआईमा भएको उच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पष्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधाहरूले यस ट्रयाक्टरलाई अरुभन्दा भिन्न र उत्कृष्ट बनाएको छ । हरेक व्यक्तिको विभिन्न आवश्यकतालाई ध्यानमा राखी बनाइएको यस महिन्द्रा युभोले ३० भन्दा बढी कार्यहरु गर्न सक्ने बताइएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्