काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने «

काठमाडौं उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा सुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधासहित सुरु भएको हो ।
मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ । ट्याक्सी सेवालाई डिजिटलाइज र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिकरुपमा सेवा सुरु गरिसकेको छ ।
यसैबीच मेट्रो अनलाइन ट्याक्सीले ट्याक्सी चालकहरुका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकलाई प्रदान गर्ने सेवाको बारेमा अभिमूखीकरण तालिम पनि सञ्चालन गरेको छ । तालिममा अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्ने, एपको प्रयोग गर्ने तरीका, ग्राहकहरुसँग गरिने व्यवहार लगायतका विषयहरुमा ट्याक्सी चालकहरुलाई जानकारी दिइएको हो ।
सो तालिमले आगामी दिनमा काठमाडौं उपत्यकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने र यसले ट्याक्सी सेवालाई मर्यादित तथा व्यवस्थित बनाउने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्