दसैं तिहारमा हुण्डाइको अफर

हुण्डाइ मोटर्सले दसै तिहारलगायतका चाडपर्वको अवसरमा आकर्षक योजना ल्याएको छ ।
दसै ंतिहार लक्षित योजनामा कम्पनीले हुण्डाइ आरटुटुजिरो एलएस एक्साभेटरको खरिदमा तीन लाख रुपैयाँ छुट, ४३ इन्चको एमआई टिभी प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किटआदि सुविधा प्रदान गरेको छ । चाडपर्वकोे समयमा कम्पनीले ग्राहकलाई पाँच लाख रुपैयाँसम्मको सुविधा प्रदान गरेको जनाएको छ ।
चाडपर्वलाई लक्षित गरी कम्पनीले विगतका वर्षहरुदेखि यस्तै प्रकारको आकर्षक योजना प्रस्तुत गर्दै आएको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना र विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु बिक्री वितरण गर्दै आएको छ ।
यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपालभर लागू गरिएको बताइएको छ ।
हुण्डाइका हेभी उपकरणहरुमा शक्तिशाली इञ्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो बकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मूल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले २४ सै घण्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने पनि जनाएको छ ।