अशोक लेलैण्डको दसैं तिहार लक्षित उपहार योजना «

अशोक लेलैण्डको दसैं तिहार लक्षित उपहार योजना

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्सले दसैं तिहारलाई लक्षित गरी ‘दसैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।
चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढी प्राथमिकता दिने भएकाले उपहार योजना ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडल खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लिन सक्नेछन् ।
अफरअन्तर्गत दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी साथै क्यास डिस्काउन्ट पाउन सक्ने बताइएको छ ।
ग्राहकले अन्य मोडलका गाडी खरिदमा पनि विभिन्न पुरस्कार पाउने बताइएको छ । यो योजनअन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्