धादिङको होटल जनजिविकालाई दुई तारे मान्यता «

धादिङको होटल जनजिविकालाई दुई तारे मान्यता


साविक चैनपुर गाविस निवासी राजाराम सिलवाल सालवास प्राविमा शिक्षक जागिरे थिए । अस्थायी शिक्षक सिलवाललाई जिल्लाकै पीडा गाविसस्थित जलदेवी प्राविमा २०५२ सालमा सरुवा गरिदिए । घर पायक जागिर अपायक सरुवा गरिदिएपछि उनले १५ दिन सरुवा भएको विद्यालय गएर पढाए ।
आफूलाई दुःख दिने नियतले सरुवा गरिएको हो भन्ने बुझेका सिलवालले शिक्षक पेशाबाट बिदा लिए । ग्रामीण भेकमा जन्मे हुर्केका सिलवालले शिक्षकबाट बिदा लिएर जिल्ला सदरमुकाम धादिङवेसी पुछार बजारमा जनजिविका नाम राखेर भात होटल खोले ।
विगता १० रुपैयाँमा भात बेचर निःशुल्क सुताएको सिलवाल सम्झान्छन् । २०५२ देखि २०६१ सालसम्म उनले सामान्य अवस्थामा जनजिविका चल्ने गरी भात बेचे ।
२०६१ सालमा केही साथीहरु सल्लाहमा तालिम हल, गेष्ट रुम र खानाका परिकारमा समेत थप गरी जनजिवका गेष्ट हाउस एण्ड रेष्टुरेन्टको नामबाट होटल सञ्चालन गरे । २०७१ सालमा सिलवालले आफ्नै २६ कोठे घर निर्माण सम्पन्न गरी होटल सारे । आफ्नो घरमा सरेपछि जिल्लाकै राम्रो र महँगो होटलमा गनियो जनजिविका गेष्ट हाउस एण्ड रेष्टुरेण्ट ।
अहिले ३२ वटा रुम, दुई वटा तालिम हल, पार्किङ सहित रेष्टुरेण्ट सञ्चालनमा छ । जिल्लाकै नमूना र ठूलो होटल बनाएपछि सिलवालले गेष्ट हाउस एण्ड रेष्टुरेण्टलाई प्राइभेट लिमिटेडमा दर्ता गराए ।
होटल जनजिविका प्रालिमा रुपान्तरण गरेका छन् । पर्यटन विभागले पर्यटन ऐन २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिसोर्ट, वार तथा पथ प्रदर्शक नियमावली २०३८ मा भएको व्यवस्था भए अनुसार दुई तारास्तरको होटलमा स्तर वर्गीकरण गदिएको छ । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले इजाजत पत्र कम्पनीका सञ्चालक राजाराम सिलवालाई प्रदान गरेकाछन् ।
होटल जनजिविका प्रालिले दुई ताराको मान्यता पाएसँगै यो नै पहिलो तारे होटल भएको छ । जिल्ला सरमुकाम धादिङवेसीमा सञ्चालित होटलको लगानी २५ करोड रहेको छ । एक रोजनी क्षेत्रफलमा ३ वटा भवन रहेको छ ।
दुई वटा भवनमा लिफ्ट जडान गरिएको छ । निजी तथा सरकारी भवनमा लिफ्ट जडान गरिएको पनि यो पहिलो नै हो । यस होलटमा स्वदेशी तथा विदेशीहरुको आर्कषण हुनुमा होटलको खाना नै प्रमुख कारण रहेको छ । होटलमा १० जना कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्