विलासिताका वस्तु आयात रोक्न मन्त्रिपरिषद्मा प्रस्ताव «

विलासिताका वस्तु आयात रोक्न मन्त्रिपरिषद्मा प्रस्ताव

व्यापार घाटा बढ्दै गएपछि मन्त्रालयले पनि विलासिताका केही वस्तु आयातमा कडाइ गर्ने तयारी गरेको हो ।

सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न लागेको छ । आयातदर बढ्दै गएपछि मुलुकको व्यापार घाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणात्मक बन्देज लगाउन लागेको हो ।
उद्योेग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासिताका वस्तु रोक्ने तयारी गरेको हो । यसका लागि मन्त्रालयले वस्तुको पहिचान गरेर मन्त्रिपरिषद्मा पेस गरेको छ । विशेष गरी सुनचाँदी, महँगा गाडी, बाइक, खेलौना, कस्मेटिक, जुसलगायतका वस्तुको आयातमा सरकारले नियन्त्रण गर्न खोजेको हो ।
महँगा गाडी, सुनचाँदी, कस्मेटिक, खेलौना, महँगा वाइक र साइकल, फूल, घरायसी प्रयोजनका कोइला, सिसाका भाँडाकुँडा, महँगा फलफूल, मासु, चुरोट खैनी, जर्दा, महँगा इलेक्ट्रोनिक्स सामान, जुस, मसला, गुट्खा र खैैनीजस्ता सामानको आयातमा परिमाणात्मक बन्देज लगाउन लागिएको छ । नियन्त्रण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयले जनाएको छ ।
आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा दिनप्रतिदिन बढ्दै गएको छ । व्यापार घाटा बढ्दै गएपछि मन्त्रालयले पनि विलासिताका केही वस्तुमा आयातमा केही कडाइ गर्ने तयारी गरेको हो । शोधान्तर स्थितिको चाप देशको ढुकुटीमा पर्न थालेपछि सरकारले उक्त निर्णय गर्न लागेको हो ।
चालू आर्थिक वर्षको ५ महिनामा मात्रै करिब ७७ अर्ब रूपैयाँले पेट्रोलियम पदार्थको आयात बढेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले करिब १८ अर्ब रूपैयाँको विद्युत् आयात गरेको छ । त्यस्तै सवारी साधनको पाटपूर्जाको आयात पनि सोही अवधिमा ६ अर्बको भएको छ । मुलुकमा आयातदर बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्