सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच सम्झौता «

सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने समझदारी भएको छ ।
सम्झौता पछि सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङबाट डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । मोबाइल बैकिङबाट खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था बैंकले गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी रहेका १८३ वटा आफ्ना शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिव १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्