रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा «

रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा

कृषि विकास बैंकले रुकुम पूर्वमा नयाँ शाखा सुरुवात गरी सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकको प्राथमिकता कृषि रहेकाले रुकुम पूर्वका नागरिकले बैंकबाट प्रभावकारी सेवा पाउने बताए । उनले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषितर्फ लाग्न सर्वसाधारणलाई आग्रह पनि गरे ।
त्यसैगरी बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले उत्पादनमुलक व्यवसायमा जोडिने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आवद्ध गराई लैजाने बैकको नीति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्