नेपाली बजारका टप टेन दुईपांग्रे «

नेपाली बजारका टप टेन दुईपांग्रे

सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो हुन नसक्दा देशमा निजी सवारीसाधनको प्रयोग बढ्दै गइरहेको छ । त्यसमा पनि दुईपंग्रे निजी सवारीको प्रयोग अत्याधिक बढ्दै गएको तथ्यांकले देखाउँछ । त्यतिमात्र होइन, साँघुरा बाटोका कारण समेत मोटरसाइकल तथा स्कुटरप्रति उपभोक्ता आकर्षित भएको देखिन्छ । सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो हुन नसक्दा देशमा निजी सवारीसाधनको प्रयोग बढ्दै गइरहेको छ । त्यसमा पनि दुईपंग्रे निजी सवारीको प्रयोग अत्याधिक बढ्दै गएको तथ्यांकले देखाउँछ । त्यतिमात्र होइन, साँघुरा बाटोका कारण समेत मोटरसाइकल तथा स्कुटरप्रति उपभोक्ता आकर्षित भएको देखिन्छ । नेपाली बजारमा करिब २ दर्जन ब्रान्डका मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन् । सवारीको उपलब्धता, स्पेयरपार्ट तथा सर्भिसमा सहजता, उपयुक्त मूल्य, आकर्षक डिजाइनलगायतका कारणले कतिपय मोटरसाइकल तथा स्कुटर उपभोक्ताको रोजाइमा पर्ने गर्दछ । वर्ष २०१८ को अप्रिलदेखि अगस्टसम्मको अवधिमा नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकलको सूचीमा पहिलो नम्बरमा बजाजको पल्सर १५० रहेको छ । ७ महिनाको यो अवधिमा २४ हजार ४ सय ७१ वटा पल्सर १५० मोटरसाइकल बिक्री भएको देखिन्छ । त्यस्तै धेरै बिक्री हुने १० मोटरसाइकल तथा स्कुटरको सूचीमा होन्डाको डियो स्कुटर रहेको छ । ७ महिनाको अवधिमा होन्डा डियो स्कुटर २४ हजार ४ सय १६ वटा बिक्री भएको छ । नेपाली उपभोक्तामा स्कुटर प्रयोगको ट्रेन्ड उल्लेख्य रुपमा बढेको यसले पनि पुष्टि गर्छ । यसको अर्को आधार हो– टप टेन धेरै बिक्री हुने दुईपांग्रेको सूचीमा तीन वटा मोडल स्कुटर पर्नु । होन्डाको डियोसँगै अर्को मोडल एभिएटर समेत धेरै बिक्री हुने १० मोडलमा छैटौं नम्बरमा रहेको छ । ७ महिनाको अवधिमा एभिएटर ६ हजार ४ सय ३५ वटा बिक्री भएको थियो । हिरोको सुपर स्प्लेन्डर मोटरसाइकल नेपाली बजारमा धेरै रुचाइएको अर्को मोडल हो । ७ महिनाको अवधिमा हिरो सुपर स्प्लेन्डर मोटरसाकल १३ हजार ४ सय ४९ वटा बिक्री भएको छ । सुपर स्प्लेन्डरलाई पछ्याएको होन्डा साइन ११ हजार ६ सय २३ वटा बिक्री हुँदा चौथो स्थानमा रहेको छ । त्यस्तै पाँचौं स्थानमा यामाहाको मोटरसाइकल रहेको छ । यामाहाको एफजेडएस १५३ मोडल ७ महिनामा नेपाली बजारमा ९ हजार १७ वटा बिक्री भएको तथ्यांक छ । यो नै नेपाली बजार यामाहाको सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल हो । यो सूचीको सातौं स्थानमा बजाजको पल्सर २२०एफ रहेको छ । यो मोटरसाइकल ७ महिनामा ५ हजार ७ सय ६० वटा बिकेको हो । त्यस्तै सूचीको ८औं नम्बरमा बजाजकै पल्सर २०० एनएस रहेको छ । सो अवधिमा पल्सर २०० एनएस ५ हजार ६ सय ७७ वटा बिक्री भएको देखिन्छ । नेपाली बजारमा सर्वाधिक बिक्री हुने १० मोटरसाइकल तथा स्कुटरको सूचीमा टिभीएसको स्ट्राइकर मोटरसाइकल ९औं नम्बरमा रहेको छ । ७ महिनाको अवधिमा यो मोटरसाइकल ४ हजार ९ सय ४४ वटा बिक्री भएको हो । त्यस्तै सूचीको १०औं स्थानमा यामाहाको फ्यासिनो स्कुटर रहेको छ । २०१८ को अप्रिलदेखि अक्टोबरसम्मको अवधिमा यामाहाको फ्यासिनो स्कुटर ४ हजार ३ सय ८५ वटा बिक्री भएको तथ्यांक छ ।  २०१८ को अप्रिलदेखि अक्टोबरसम्मको ७ महिनाको अवधिमा १ लाख ८९ हजार २ सय ४३ वटा मोटरसाइकल आएको भन्सार तथ्यांक छ । मोटरसाइकलको आयात नेपालमा वर्षेनी बढ्दै गइरहेको छ । प्रिमियम मोटरसाइकलको आयात भने सरकारले चालू आर्थिक वर्षदेखि अन्तःशुल्कमा गरेको वृद्धिका कारण कमी आएको व्यवसायीहरुको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस्