माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश «

माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश


माछापुच्छ्रे बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष (२०७७/०७८) को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांशअन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर १७ रुपैयाँ ७६ पैसा आम्दानी गरेको थियो । बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित रहेको छ ।
माछापुच्छ्रे बैंकले सातै प्रदेशमा आफ्ना १६२ वटा शाखा र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टरसमेत गरी ३४४ स्थानबाट १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्