‘क्यान्सरजस्ता रोगको समयमै उपचार नगरे समस्या’ «

‘क्यान्सरजस्ता रोगको समयमै उपचार नगरे समस्या’


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी बेहोर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटामात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए । उनले डाइलाईसिस गर्नका लागि आवश्यक्ता अनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिए । उनले जिल्लादेखि प्रदेशसम्म डाइलाईसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनु पर्ने बताए ।
उनले सरकारले थोरैमा दुई सयदेखि तीन सयवटा डाएलाईसिस बनाउनुपर्ने योजना बनाएको पनि बताए । सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने उनको भनाइ छ । अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेशन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिए । उनले ट्रान्सप्लान्ट र डाएलाईसिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने दाबी गरे ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई एक करोड ७७ लाख कोरोनाविरुद्धको खोप प्राप्त भएको बताए । उनले तीन करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको बताए ।
अहिलेसम्म ५६ लाख मानिसलाई पूर्णखोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको बताए । राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गरे । उनले दसैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दसैँसम्म पहिलो डोज लगाउनेको संख्या एक करोड पु¥याउने सरकारको लक्ष्य रहेको बताए ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बिमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले बीमा भएकाले वर्षमा एकपटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताए । उनले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै म्यानेजमेन्टलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्