एकपक्षीय अमेरिकी व्यापार संरक्षणवादको असर «

एकपक्षीय अमेरिकी व्यापार संरक्षणवादको असर

अमेरिका–चीनबीचको व्यापार विवादले दक्षिणपूर्वी एसिया एउटा लाभ लिने क्षेत्र भएको छ । तर, स्वीजरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा यो जल्दोबल्दो विषयका रूपमा देखा परेको थियो । यद्यपि दक्षिणपूर्वी एसियाली राष्ट्रले हालैमात्र सार्वजनिक गरेको आर्थिक तथ्यांकले अमेरिक–चीन व्यापार तनावले दक्षिणपूर्वी एसियाले लाभ लिनका लागि सहज नभएको देखाएको छ । अल्पकालीन अवधिमा यो क्षेत्रले लाभ लिए पनि यो छिट्टै विपरीत हुन सक्ने देखिएको छ ।
सिंगापुरले हालै मात्र २०१८ को डिसेम्बरका लागि निर्यात तथ्यांक सार्वजनिक गरेको छ । यो २ वर्षभन्दा बढी अवधिकै खराब रूपमा ओरालो लागेको छ । यसले अमेरिका–चीनबीचको व्यापार युद्धले देशको विदेश व्यापारमा नकारात्मक रूपमा प्रभाव पारेको देखाएको छ । यसैबीच सिंगापुरको घोषणापछि इन्डोनेसिया र फिलिपिन्सले पनि आफ्नो निर्यात तथ्यांक सार्वजनिक गरेका छन् । डिसेम्बरमा वार्षिक मापनका आधारमा इन्डोनेसियाको निर्यातमा ४.६२ प्रतिशतले गिरावट आएर १४.१८ अर्ब डलर कयाम भएको छ । इन्डोनेसियाको निर्यातमा संकुचन आएको यो दोस्रो महिना हो । यसैबीच फिलिपिन्सको निर्यातमा पनि अप्रत्याशित रूपमा ०.३ प्रतिशतको गिरावट आएर नोभेम्बरमा ५.५७ अर्ब डलर कायम भएको छ । यो गिरावट २०१८ को मे महिनादेखिकै पहिलो हो । यो मुलुकको विद्युतीय सामग्रीको निर्यातमा २ वर्षकै अवधिमा पहिलो पटक गिरावट आएको छ । मलेसियाको अवस्था पनि समान किसिमको छ । यी तमाम अवस्थका कारण अमेरिका–चीनबीचको व्यापारयुद्धले यी मुलुकले लाभ होइन, नोक्सानी बेहोरिरहेका छन् ।
अमेरिका–चीनबीचको व्यापार विवादले दक्षिणपूर्वी एसियाली राष्ट्रहरू जस्तै सिंगापुर, फिलिपिन्स, इन्डोनेसिया र मलेसियामा जनधारणामा पनि अझै विविधता देखिएको छ ।
केही विश्लेषकले अमेरिकाले चीनविरुद्ध सुरु गरेको व्यापारयुद्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् र उनीहरूले खुला रूपमा यसको विरोध पनि गरेका छन् । यसले अमेरिका–चीनबीचको व्यापार विवादको समस्या समाधानका लागि यो सही विधि नभएको देखाएको छ ।
अन्यले पनि यो विषयमा चासो देखाएका छन् । तर, अमेरिका–चीनबीचको व्यापार विवादमा सावधानीपूर्ण धारणा व्यक्त गरेका छन् । यसमा मलेसियाको मूलधारको धारणालाई उदाहरणका रूपमा लिन सकिन्छ । मलेसियाका अर्थशास्त्रीहरूले अमेरिका–चीन व्यापारयुद्धले मुद्रा युद्धको अवस्था ल्याउन सक्ने चेतावनी दिएका छन् । यसले युआनको अवमूल्यन हुने र मलेसियालगायतका अन्य विकासशील मुलुकको अमेरिकी डलरको तुलनामा अवमूल्यन हुन सक्ने देखाएको छ ।
यसका अतिरिक्त व्यापारयुद्धप्रति सकारात्मक धारणा राख्नेको पनि खाँचो छैन । यो यसकारण भएको छ कि अमेरिका–चीनबीचको व्यापारयुद्धले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले असाधारण लाभ लिन सक्नेछन् । यो मामिलामा औद्योगिक विकास, विद्युतीय उत्पादन, कम्प्युटर र ई–कमर्स क्षेत्रले सर्वाधिक फाइदा लिन सक्नेछन् ।
योभन्दा पनि अमेरिका–चीनबीचको व्यापार विवादबीच उच्च भन्सार छल्नका लागि केही कम्पनीले सोझो मापन अवलम्बन गरेका छन् । जस्तै, आफ्नो कारखानालाई अन्य मुलुकमा सार्ने । यसले पनि भियतनाम, मलेसिया र अन्य दक्षिणपूर्वी एसियाली मुलुकहरूलाई केही निश्चित फाइदा हुन सक्छ ।
सामान्य रूपमा भन्नुपर्दा धेरैजसो दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले विवादले व्यापार विस्तार हुने अपेक्षा गरेका छन् । तर, यो अवस्था देखिएजस्तो छैन ।
जब अप्रत्याशित अवस्थाको फाइदा देखिएको छैन भने यस किसिमको अपेक्षा गर्नु पनि उचित देखिँदैन ।
विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय बहुपक्षीय स्वतन्त्र व्यापारको दृष्टिकोणबाट पनि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले विश्वव्यापी व्यापार वातावरणको लाभ लिनेमा भूमिका खेल्नका लागि कुनै अर्थ राख्दैन ।
दक्षिणपूर्वी एसियाले मुस्किलैले तेस्रो पक्षीय लाभग्राहीको भूमिका खेल्न सक्छ । अमेरिकी व्यापार नीतिसँग विवाद हुनेमा चीन मात्रै एक्लो मुलुक होइन भन्ने हेक्का राख्नु पनि आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्