Logo

धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय

सरकारले चालु आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम समर्थन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको हो ।
चालु आर्थिक वर्षका लागि लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मोटा धानका लागि प्रतिक्विन्टल मूल्य दुई हजार ७ सय ५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९ सय २ रुपैयाँ तोकिएको मन्त्रालयले जानकारी दिएको छ । यस वर्ष गत वर्षकोभन्दा प्रतिक्विन्टल १७ रुपैयाँले बढी भएको मन्त्रालयले जानकारी दिएको छ ।
गत वर्ष असारमा धान लगाउनु पूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो । गतवर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्