विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा «

विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा

विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौंका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो । बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो ।
विराटनगर–काठमाडौंका लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दसैं अफरका रुपमा एक हजार ५०० रुपैयाँ कायम गरिएको छ । भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ । यसका सवार यात्रुका लागि कम्पनीले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउनेछ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ ।
किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनुपर्ने छैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधिहरु समावेश गरिने छ । सरोज न्यौपाने र उमेश खड्कालगायतले यो बुलेट बस प्रालिमार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् । १० करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ ।
यात्राको लागि यात्रुले अनलाइन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २÷१ सोफा लक्जरि सिटसहितको बसहरु सञ्चालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बसभित्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्