कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्दै «

कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्दै

कियाले नेपालमा आफ्नो ब्राण्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटो निर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कारको हकमा ‘द लार्जेस्ट हाइब्रिड एसयुभी’शब्दमा मात्र सीमित नभएर यसले पारखीलाई उत्साहित पनि गर्न सक्नुपर्छ । कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई निकै दमदार तरिकाले लागू गरेको कम्पनीको दावी छ ।
विगतमा किया एसयुभीहरु कीर्तिमानी बिक्रीका साथ बजारमा प्रभाव जमाउँदै भविष्यतर्फ अग्रसर भएको देखिन्छ । नयाँ किया सोरेन्टो हाइब्रिड सडक ओगट्ने मात्र नभएर आमकल्पनाभन्दा बाहिरको वातावरणीय पहल पनि रहेको कम्पनीले जनाएको छ ।
नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याकपर्ल र स्टिल ग्रे गरी पाँच आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्