एशियन लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ बिमा योजना «

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ बिमा योजना

ग्राहकहरुको रुचीलाई मध्यनजर गरी एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बिमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बिमा योजना’ को शुभारम्भ गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, सञ्चालकहरु सुरेन्द्रकुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूतराज सापकोटा,कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईं लगायतको उपस्थितिमा कम्पनीको प्रधान कार्यालयमा कार्यक्रम आयोजना गरी जीवन बिमा योजना सार्वजनिक गरीएको छ ।
यस बिमा योजनाको मूख्य विशेषता परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ‘सुनिश्चित आय(परिवार आय लाभ) जीवन बिमा योजना’ सञ्चालनमा ल्याएको छ ।
१८ वर्षदेखि ५३ वर्ष उमेरसम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बिमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बिमितले सुरुको १२ वर्षसम्म मात्र बिमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतमवार्षिक बिमाशुल्क २५ हजारदेखि माथि बिमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बिमाशुल्क भुक्तानी गरी बिमा गर्न सकिनेछ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब भन्दा माथि रहेको छ ।कम्पनीको जीवन बिमा कोष २६ अर्ब ४८ करोड भन्दा बढी रहेको छ । साथै कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीलाई बिमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्