एनएमबि बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग «

एनएमबि बैंकद्वारा स्वास्थ्य सामग्री सहयोग

एनएमबि बैंकले मनकामना क्षेत्र विकास समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले मनकामना मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि प्रयोग गर्न समितिलाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । बैंकले समितिलाई मास्क र सेनिटाइजर सहयोग गरेको हो ।
उक्त सामाग्री बैंकका गण्डकि प्रदेश प्रमुख सुमितराम वैद्य र सिनियर क्रेडिट प्रमुख सन्जिव खनालको आतिथ्यमा समितिका सदस्यद्वय सदस्य हरि श्रेष्ठ र पृथबहादुर थापालाई हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै मनकामना मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि मास्कको प्रयोग होस् भन्ने अभिप्रायले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख वैद्यले बताए । कोरोना कहरका कारण ४ महिनादेखि बन्द रहेको मनकामना मन्दिर भदौ २३ गतेबाट सर्वसाधारणका लागि पूजा गर्न खुला गरिएको थियो ।
मन्दिर खुलेता पनि जोखिम कायमै रहेको भन्दै शहिद लखन गाउँपालिकासँगको सहकार्यमा समितिले मन्दिर परिसरमै हेल्थ डेक्सको स्थापना गरेको छ । सोही हेल्थ डेस्कमार्फत दर्शनार्थीलाई उक्त स्वास्थ्य सामग्री वितरण गर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्